बसन्त चोकमा अटो रिक्सा दुर्घटना, १ को मृत्यु, २ घाईते

453

चितवन, पुस, २५ ।
भरतपुर महनगरपालिका वडा न १२ बसन्त चोकमा आज बेलुका ७ बजेर ५५ मिनेट जादाको समयमा अटो रिक्सा दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । नारायणगढबाट गोन्द्राङ तर्फ जादै गरेको ना २ ह १७५६ नम्बरको अटो रिक्सा तिब्र गतिका कारण आफैं अनियन्त्रित भई सडकमा पल्टिदा सो दुर्घटना भएको चितवन प्रहरीले खबर तरङ्गलाई जानकारी दिएको छ । अटोमा सवार तीन जना घाईते यात्रुलाई भरतपुरको नयाँ मेडिकल कलेजमा लगिएकोमा घाईते मध्ये एक जनाको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खा जिल्ला तान्द्राङ्ग गाउँपालिका ४ की ३३ वर्षिया होम थापा रहेको प्रहरीले जानकारी दिएको छ । घाईते हुनेमा मृतककी ३७ बर्षीय श्रीमान सन्तोष लामिछाने र ५ वर्षका छोरा सुसान्त लामिछाने रहेका छन् । दुबै जनाको नयाँ मेडिकल कलेजमा उपचार भईरहको छ । अटो रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।