गण्डकी प्रदेशका मुख्यमन्त्रीले बुझे २ लाख भ्रमण भत्ता

421

पोखरा २६ पुस । जनप्रतिधिहरु भत्ता भोगी भइरहेको सञ्चार माध्यममा आइरहेको छ । अहिलेका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्नेमा भत्ता भोगी भएको भन्दै आलोचन खेपिरहेका छन । यसैका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ५ महिनामै २ लाख भ्रमण भत्ता बुझेको समाचार बाहिर आएको छ ।
भ्रमणभत्ता बुझ्नेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सबैभन्दा अगाडि देखिएका छन् । मुख्यमन्त्री गुरुङले साउनयता २ लाख ९ हजार २५ रुपैयाँ आन्तरिक भ्रमण भत्ता बुझेका हुन् । गुरुङले हालसम्मकै भ्रमण भत्ता बुझिसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लेखापाल अुर्जनप्रसाद पौडेलले जानकारी दिए ।
प्रदेश सरकारका मन्त्री र तीनका स्वकीय सचिवहरुको सबै भ्रमण भत्ता जोड्दा साढे ८ लाख रुपैयाँ सकिएको छ । साउनयता मुख्यमन्त्रीसहित ६ मन्त्री र उनका स्वकीय सचिवले दैनिक भ्रमण भत्ताबापत मात्र ८ लाख ६६ हजार रुपैयाँ बझेका हुन् ।
मुख्यमन्त्रीले स्वदेश भ्रमणमा दैनिक ३ हजार र विदेश भ्रमण गर्दा दैनिक २ सय ५० डलर र मन्त्रीले नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय र विदेशमा भ्रमण गर्दा १ सय ७५ अमेरिकी डलर दैनिक भत्ता पाउने ऐनमा व्यवस्था छ । कार्यालयका अनुसार मुख्यमन्त्री र मन्त्रीले अहिलेसम्म विदेश भ्रमण भत्ता भने लिएका छैनन् ।