चितवनको भण्डारामा मोटरसाइकल ठोक्किदाँ २ जना घाइते

276

चितवन १७ मंसिर  । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं.५ भण्डारामा दुई मोटरसाइकल एकआपासमा ठोक्किदाँ २ जना घाइते भएका छन्। आज (बुधबार) मध्यान्ह ना ६२ प ५९७९ र ना ६३ प १६४७ नम्बरको मोटरसाइकल एकआपासमा ठोक्किएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक राजिव गिरीले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकलमा सवार बिजय तामाङ र मदन सारुमगर घाइते भएका हुन्। दुवैजनालाई उपचारका लागि भरतपुर पठाइएको छ। पछिल्लो एक हप्तामा मात्र राप्तीमा ३ वटा गम्भीर दुर्घटना भएका छन्।