पार्टी अनुशासन विपरित काम गरेको भन्दै नेकपाद्धारा राजकुमार भट्टलाई कारवाही

3072

राप्ती २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालिन नेकपा एमाले चितवन क्षेत्र न १ का क्षेत्रीय कमिटी सदस्य राजकुमार भट्टलाई कारवाही गरेको छ ।

 सार्वजनिक गरिएको विज्ञप्ती

नेकपाले नेता भट्टलाई पार्टी हित विपरित कार्य गरेको भन्दै कारवाही गरेको हो । पूर्वी चितवनको राप्ती नगरपालिका २ मा रहेको पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार नवराज पाठक “श्याम“को विरुद्धमा उम्मेदवारी दर्ता गराएको भन्दै पार्टीले कारवाही गरेको विहीवार नेकपा क्षेत्रीय कमिटीले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा लेखिएको छ , “राजकुमार भट्ट विदेश गएको समयमा पार्टीसँग सम्पर्क र सल्लाह नगरी दोस्रो व्यक्तिलाई अख्तियारी दिदैँ अध्यक्षको पदमा मनोनयन दर्ता गराएकोले पार्टी अनुशासन विपरित काम गरेकोले भट्टलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ ।” सार्वजनिक गरिएको विज्ञप्तीमा तत्कालिन एमालेबाट घनश्याम कंडेल र तत्कालिन माओबादीबाट कञ्चन खनालले हस्ताक्षर गरेका छन ।
साथै नेकपाले आफनो अध्यक्ष पदको उम्मेदवार पाठक भएको भन्दै सम्पूर्ण पार्टी कार्यकर्ता, शुभेच्छु र उपभोक्तलाई मतदान गर्न आग्रह गरेको छ । पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन २७ गते हुदैछ ।