छोटो अवधिमा जनताको मन जित्दै भण्डाराका प्रहरी निरीक्षक बसन्त आचार्य

681

राप्ती, २६ पौष । बि. सं ०७२ जेठ ३१ गते नेपाल प्रहरीमा निरीक्षकका रुपमा हात हालेका प्रहरी निरीक्षक बसन्त आचार्यले छोटो समयमानै राप्तीबासीको मन जित्न सफल भएका छन । बुबा खग राज आचार्य र आमा डिलकुमारी आचार्यको सन्तानका रुपमा २०४७ माघ ५ गते जन्मिएका प्रहरी निरीक्षक बसन्त आचार्य विद्यालयकालदेखीको अध्ययनमा सधैं मिलनसार रहे ।

 इलाका प्रहरी कार्यलय भण्डाराका प्रमुख प्रहरी निरीक्षक आचार्य प्रहरीको चुनौतीपूर्ण जीवनमा रमाएका मात्रै छैनन् की आफुलाई प्राप्त संँगठनको जिम्मेवारीलाइ इमान्दारी र कुशलतापूर्वक निभाएका पनि छन् । युवाअवस्थामा धेरै युवा पिढींंहरु बिदेशिए , धेरै कुलतमा फसें , बिग्रे तर, प्रहरी निरीक्षक आचार्य यहीँ युवा पिढींंको अवस्थामा मैले केही गरेर देखाउनुपर्छ भनी लागे । जागीरमा प्रवेश गरेपछि उनले अहिलेसम्म ३ ठाउँमा मात्रै काम गर्ने अवसर पाए । यो बीचमा उनी जहाँ बसे जनताको सेवा मात्रै गरे, जनताको ढुकढुकीमा बसे, रमाए र सबैको मन जिते । जस्ले गर्दा जागीरको छोटो अवधिमै जनता उनी प्रति प्रसन्न भए ।

विभागले खटाएको सबै भू–भागमा उनले आफ्नो क्षमता प्रर्दशन गरेका त छैनन् । तर, जागीरकै सिलसिलामा उनले बितेको समय ०७४ असारमा काठमाडौंंस्थित पहरा गणमा ५ महिना, ७४ कार्तिकमा ८ महिना, दबारमार्गमा ट्वाइसी भएर जागिरे जीवन बिताए र प्रमुख भएर आए ईलाका प्रहरी कार्यालय भण्डारा । व्यवसायीक सिप तथा दक्षता वृद्धिका लागि उनले छोटो अवधीमै एउटा तालिक हासिल गरेर योग्य प्रहरी अधिकृतको परिचय स्थापित गरेका छन् । मुस्कान सहितको सेवा, प्रहरी मेरो साथी, समुदाय प्रहरी जस्ता कार्यक्रमको मर्मलाई समेत उनले राम्रोसंँग बुझेका छन् । चितवनमा पनि उनले आमनागरिकसंँग हातेमालो गरेर आफ्नो कार्यसम्पादन गरिरहेका छन् । जसका कारण छोटो समयमा नै भण्डारावासीको मन उनले जितिरहेका छन् । प्रहरी निरीक्षक आचार्य यतिबेला समग्र भण्डारा र सो, मातहतको सुरक्षा व्यवस्था र सामाजिक विकृति नियन्त्रण गर्न केन्द्रीत छन् । चितवनको सवालमा गुण्डागर्दी ठुलो समस्या नभएको उनको भनाई छ । जिम्मेवारी सम्हालेको यो सात महिनाको अवधिमा ३१ जनालाई कारबाही गरिसकिएको छ ।

युवा( पुस्तामा देखिएको लागूऔषध दुब्यसनीले गर्दा अपराध हुने गरेको उनको निष्कर्ष छ । लागुऔषधमा ६ जना, यौन हिंसामा २ जना, चोरीका घट्नामा ३ जना मानिसलाई कानुनी कठघरामा उभ्याउन समेत उनले बितेको सात महिनामा उल्लेखनीय भुमिका खेले । लामोसमय देखी जारी यौनजन्य गतिविधि बन्द गराएरै छाडे । मदिरा नियन्त्रणको लागी उनी प्रयासरत छन् भने लागुऔषध र दुब्यसनी न्यूनीकरणमा समेत उनको उल्लेखनीय भुमिका रह्यो यो बीचमा । सात बिगाहा गाँजाफंँडानी गरेर उनले आफ्नु शक्ति प्रदर्शन गरे । त्यो बाहेक बैदेशिक रोजगारमा गएका परिवारको विचलन, यौन हिंसा, महिला हिंसा बढ्दै गएको उनको अनुभव छ ।

बसाइँँ सरेकाबाट पनि सुरक्षा चुनौती बढेको आचार्य बताउँछन् । लागूऔषधको दुव्र्यसनी र अपराध नियन्त्रण गर्न उनले विभिन्न कार्यक्रम अघि बढाएका छन् । जीवनलाई उनले संघर्षका रुपमा बुझेका छन् । जीवनमा दुःख र सुखका क्षणहरु आइनै रहन्छन् । प्रहरी निरीक्षकमा नाम निस्कीदा उनी निकै खुशी भएका थिए । जीवनमा पाइने अरु खुशी भन्दा त्यो खुशी फरक भएको उनको बुझाई छ । र्वदय जनक माध्यमिक बिद्यालय बाग्लुङबाट २०६२ सालमा एसएलसी पास गरेका उनले अमृत साइन्स कलेजबाट एमएसी अध्ययन सकाए । एसएलसीमा उनले ६८५ अंक ल्याइ पहिलो खुड्किला पार गरे अनि एमएसीमा ६२ ५ अंक ल्याइ अर्को खुड्किला पनि पार गरे । अनि सामान्य शिक्षण पेशा तर्फ लागे । त्यससँगै उनलाई देश र जनताको रक्षक भइ काम गर्ने जोश चल्यो र लागे परिवारको आवश्यक सहयोग बिना नै सिपाहीको पहरेदारी तर्फ ।

जनताको सिपाही बन्न पाउदा उनी प्रसन्न छन् । घरपरिवार, साथीभाई र इष्टमित्रको निरन्तर सहयोग, सद्भाव र मायाले जीवनको उकाली ओरालीमा सफलता हासिल गर्दै गएका छन् । अपराध नियन्त्रण गर्न सफल रहेका आचार्य राप्तीबासीको मन मुटुमा बस्न सफल भएका छन ।