रत्ननगर जेसीजको पद हस्तान्तरण

565

रत्ननगर २७ पुस । रत्ननगर जेसीजको २० औं पद हस्तान्तरण कार्यक्रम विहीवार गरिएको छ । कार्यक्रममा वर्ष २०१८ का अध्यक्ष दीपेन्द्र शर्माले वर्ष २०१९ का अध्यक्ष सुवास पोखरेललाई पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा रत्ननगर जेसीजका अध्यक्ष शर्माले आफ्नो कार्यकालमा संगै काम गर्ने पदाधिकारी र सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा उनले आफ्नो कार्यकालमा सामाजिक क्षेत्रमा गरेका कामको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलले सामाजिक कार्यको दोश्रो नामका रुपमा जेसीजको परिचय बनिसेकको भन्दै यो शाखालाई जोगाउन युवाहरु लाग्नुपर्ने बताए । रत्ननगर जेसीज वर्ष २०१९ का अध्यक्ष पोखरेलले आफ्नो कार्यकालमा जेसीजले गरेको मार्ग निर्देश अनुसार नेतृत्व एवंम् व्यक्तित्व विकासका साथै सामाजिक काम गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नेपाल जेसीज बर्ष १९ का क्षेत्र ख निर्देशक कमल भण्डारी, नारायणगढ जेसीजका बर्ष १८ का अध्यक्ष एवम् नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी,नेपाल जेसीज क्षेत्र ख निरुपित राष्टिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भूषाल,कार्यक्रम संयोजक मीना उप्रेती लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रत्ननगर जसीज बर्ष २०१८ का कार्यकारी उपाध्यक्ष उपेन्द्र शर्माले सञ्चालन गरेका थिए ।