फोहोरको सही व्यवस्थापन गरौ,वाताबरण जोगाऔं

765

– ज्ञानेन्द्रराज पाण्डे,

फोहोरले मानबजातीलाई मात्र होइन,वाताबरणलाई समेत असर गरिरहेको छ । फोहोरमैला भन्नाले विशेष गरी मानव जातीलाई आवश्यक पर्ने वस्तुहरु घर, पसल, व्यवसाय, उद्योग, स्वास्थ्य, शिक्षा जन्य क्षेत्रबाट निस्कने अनावश्यक वस्तुहरुलाई फोहोर भनिन्छ। जस्तै अर्गानिक, रसायनिक, स्वास्थ्यजन्य, प्लास्टिकजन्य, विद्युत्तिय, औद्योगिक जस्ता निर्माणजन्य फोहोरमैला लिन सकिन्छ। शहरी वातावरण ह्रास हुनुमा मुख्यत: फोहोरमैला, वायु, जल, ध्वनी, दृष्य तथा स्थल प्रदुषण नै मानिन्छ। मानवजातीलाई सफा सुन्दर तथा सुविधायुक्त शहरमा बस्न मन पर्छ।

विभिन्न कारणले गर्दा जलस्थल तथा वायुमण्डल दूषित हुँदै गएको पाईन्छ। जसको कारणले जलवायु परिवर्तन, हिमपातहरु पग्लदै जानु जस्ता प्राकृतिक प्रकोपहरु देखा पर्न थालेको छ। फोहोरमैला व्यवस्थापन दिर्घकालीन सोचका साथ भइरहेको छैन। सबै प्रकारका फोहोर मैलालाई एकै ठाउँमा मिसाई संकलन गर्ने र उक्त फोहोरलाई अवैज्ञानिक ढंगले डम्प गर्ने प्रवृत्तिले गर्दा स्थानीय वातावरण नदीनाला, पानीको स्रोत तथा जैविक विविधतामा समेत असर पर्ने गरेको छ। फोहोर मैलाको कारण वायु र जल प्रदुषण हुन गई गाउँ, शहर क्षेत्रमा हैजा, आउँ, टाइफाइट जस्ता सरुवा रोगहरु फैलिरहेका छन्।

फोहोर मैला व्यवस्थापन वैज्ञानिक तथा प्रभावकारी नहुँदा स्वदेशी तथा विदेशी पर्यटक तथा कुटनैतिक, दातृ निकायहरुले हेर्ने दृष्टिकोण र यसले अर्थतन्त्रमा पार्ने असर देशको पूर्वाधार विकास तथा समृद्धिमा लगाउनुपर्ने आर्थिक लगानी फोहोमैला व्यवस्थापनमा खर्चिर्नु पर्ने बाध्यता छ। यसका लागि सबै पक्षको प्रतिवद्धता र इच्छा शक्तिको खाँचो छ। विशेषगरी शहरी क्षेत्रमा बसोवास गर्ने सबै नागरिकहरुले आफ्नो घर आँगन, पसल, व्यवसाय, आदीबाट निस्किएका फोहोरहरु कुहिने फोहोबाट सकभर आफ्नै घरमा मल बनाउनुपर्छ। नकुहिने फोहोर जम्मा गरी हामीले बेच्न सक्छौं। फोहोरलाई मोहोर बनाउन सकिन्छ। मेरो फोहोर, मेरो दायित्व हो भन्ने सबैमा महशुस हुनु जरुरी छ। आजैबाट हामी सबैले जहाँ पायो त्यही फोहोर नफाल्ने प्रतिवद्धता गरौं।

फोहोरको सही व्यवस्थापन गरेर वाताबरण स्वच्छ राख्न सकियो भने मावन जीवनलाई सार्थक बनाउन सकिन्छ । त्यसैले घरघरबाट फोहोरको सही व्यवस्थापन गर्न हामीसबै लाग्नु पर्ने अहिलेको आवश्यकता हो ।