उज्जवल महिला विकास साकोसको अध्यक्षमा घिमिरे

614

रत्ननगर । रत्ननगरको उज्जवल महिला विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सम्झना घिमिरे चयन भएकी छन् । संस्थाको शनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्राकुमारी चौधरी,सचिवमा अम्बिका पुरी,कोषाध्यक्षमा रन्जना अधिकारी,सह–सचिवमा बिमाया श्रेष्ठ र सदस्यहरुमा रेणु चौधरी,शान्ति चौधरी,जिरमती चौधरी,शकुन्तला भट्टराई,साबित्रा ढकाल,इन्दिरा अधिकारी चयन भएका छन् ।

अधिवेशनले लेखा समिति संयोजकमा उमा पौडेल सुवेदी र जानकी अर्याल,मन्जु पौडेललाई सदस्यमा चयन गरेको छ । साधारण सभा तथा अधिबेशन अध्यक्ष ऋतु गिरीको अध्यक्षतामा भएको थियो ।