शिरकोटमा श्रेष्ठलाई सम्मान

194

चितवन । चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष आदरणीय गोपाल श्रेष्ठ  छैटौं डान को उपाधि प्राप्त गर्नु भएकोमा शिरकोट तेक्वान्दो डोजाङको खेलमैदानमा डोजाङका प्रमुख गोकुल अधिकारी बाट सम्मानित हुनुभएको छ। जिल्लामा तेक्वान्दोको विकासका लागि अहोरात्र खटिनु भएका श्रेष्ठलाई सम्मानित गर्न पाउँदा शिरकोट तेक्वान्दो डोजाङ गैरव महसुस गरेको डोजाङ प्रमुख अधिकारीले बताउनुभयो। यसैगरी जिल्लाबाट शिरकोटको विकासको लागि गर्न सकिने हरसम्भव प्रयासहरु आफूले गरिरहने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले जाहेर गर्नुभयो। यसै समारोहमा बोदिगा्म तेक्वान्दो डोजाङका प्रमुख निरोज गाैतम र रेडहर्स तेक्वान्दो डोजाङका प्रमुख रन्जन तमाङलाई मायाको चिनो प्रदान गरियो।