बहराइन राजपरिवारको टोलीद्वारा सगरमाथाको सफल आरोहण

64

काठमाडौँ | बहराइनको राजपरिवारका सदस्यसहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेको छ । बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले आज बिहान सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।

कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो । सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहण हो ।

राजपरिवारको टोली आज बिहान ६:४० बजे सगरमाथाको सफल आरोहण गरेको नेपाल पर्यटन विभागले जनाएको छ ।