भारतमा एकैदिन कोरोना मुक्त हुनेको संख्या संक्रमित भन्दा ९७ हजारले बढी

48

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५९ हजा १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भारतमा कोरोना संक्रमित हुनेको संख्या  २ करोड ६० लाख ३० हजार ६७४ जना पुगेको छ ।

यस्तै भारतमा एकैदिन ३ लाख ५७ हजार १ जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा  २ करोड २७ लाख ५ हजार ९०१ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

यस्तै भारतमा  पछिल्लो २४ घण्टामा ३ हजार ८७४ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा हालसम्म २ लाख ८७ हजार १२२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।