साप्तहिक सञ्जाल चितवनको अध्यक्षमा ढकाल

432

चितवन ०७ माघ । चितवनमा नियमित प्रकाशित साप्ताहिक पत्रिकाका सञ्चालक एवं चितवनमै पत्रकारितामा क्रियाशिल पत्रकारहरुको आइतबार भएको भेलाले पत्रकार नवराज ढकालको अध्यक्षतामा साप्तहिक सञ्जाल चितवनको पुर्नगठन गरेको छ । सञ्जालको बरिष्ठ उपाध्यक्षमा टिकादत्त तिमल्सेना, उपाध्यक्षमा सुर्य बराल(क्षितीज),महासचिवमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी र नविनबावु मरहठ्ठा, त्यस्तै कोषध्यक्षमा हरि कार्की (लक्की) र सदस्यहरुमा सुवास पण्डित, हरि उप्रेती भुवन, पूर्ण शर्मा र अमिर रामदाम रहेका छन् । भेलाले चितवनका बरिष्ठ पत्रकार गणशेखर शर्माको संयोजकत्वमा सल्लाहाकार समिति गठन गरेको छ । सल्लाहाकार समितिका सदस्यहरुमा शान्ता अधिकारी, गोपाल परियार, सुमन गैरेलगाएतका रहेका छन् । भेलाले बरिष्ठ उपाध्यक्ष टिकादत्त तिमल्सेना नेतृत्वको उपसमितिलाई संगठन दर्ताको लागि जिम्बेवारी सुम्पिएको छ । भेलापछिको बैठकले आगामी फागुण ४ गते सञ्जालका सदस्यहरुको बनभोज कार्यक्रम राख्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको नबनिवार्चित अध्यक्ष ढकालले बताए । अध्यक्ष ढकालले २ बर्षभित्र आफुले सञ्जाललाई नयाँ पहिचान दिने गरी शसक्त रुपमा कार्यक्रमहरु अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।