राजनीतिक उतारचढाव र कोरोना महामारी

683

सिलन बराल,
विगत लामो समय देखि नेपालमा राजनीतिक उतारचढाव कायमै छ । नेपाली जनता र राष्ट्रले अबको दिनमा दिंगो र अशल नेतृत्व हासिल गर्यो भन्दै गदगद रहेको त्यो उत्साह ,त्यो उमङ्ग र त्यो हौसलालाई फेरि पनि तोडेर,मोडेर,भाचेर हामी जनता र यो राष्ट्रलाइ पुनः सतिले सरापेको देश भन्ने भनाइलाई चरितार्थ पार्ने कोसिस भयो ।
नेपाली जनताको ठुलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो,जुन निरङ्कुश सामन्ती व्यवस्थाको अन्त्य गर्दै यो मुलुकको जनताको बलिदानपूर्ण संघर्षको फल हो ।
माक्सले प्रदिपादन गर्नुभएको माक्सवाद भन्दा अगाडि शासक बर्गलाई श्रमजीवी माथि शासन गर्ने अधिकार प्राप्त छ । श्रमजीवी वर्ग शासित हुन बाध्य हुन्छ भन्ने मान्यता स्थापित थियो । नेपाली भूमिमा पनि माक्सबादलाई लागु गर्ने र त्यसलाई विकास गर्ने सन्दर्भमा धेरै संघर्षहरु भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान सोही संघर्षको उपलब्धीको रुपमा लिन सकिन्छ ।
आजको दिन सम्मको यात्रा मा देखिएको प्रमुख असंबैधानिक,अलोकतान्त्रिक,निरङ्कुश र प्रतिगमनकारी कदम जहाँ प्रतिनिधि सभालाई रातारात बिघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्री बाटहुन पुग्यो । यो प्रतिगामी कदमबाट मुलुकको नयाँ राजनीतिक ध्रुविकरण जटिलता तपÞर्m धकेलियाको छ । मुलुकको संविधानको मर्म र भावना विपरित संबैधानिक निकायहरुलाई निरङ्कुशताको मतियार बनाउने गलत मनसाय सहित देशको प्रधानमन्त्री केपिशर्मा ओलीको सरकारले अध्यादेशको दुरुप्रयोग गर्दै आएको छ ।
समाजबाद स्थापनाको बाटोमा लामबद्ध हुनु आहिलेको आवश्यकता हो । विगत ७० वर्ष लामो आन्दोलनका उपलब्धी माथी प्रतिक्रियावादी शक्तिले यो इतिहासलाई ओझेल पर्दै छन् । परिवर्तनको नाममा नेपालको संविधानलाई खेलौना झैँ लिने,माहामारीले थिलोथिलो पारेको मुलुकमा कालोबजारीलाई मौलाउन दिने,राष्ट्रको गहना स्वरुप रहेको नेपाली जनताको एकतालाई पिठ्युमा प्रहार गर्ने, सरकारले गुण्डाशैलीमा मुलुक हाक्न खोज्नुनै प्रमुख समस्या रहेको छ । आम जनता र यो मुलुकलाई भ्रष्टाचारले माहामारीमा लड्ने शक्ति दिन नसक्नु लज्जास्पद छ ।
शत्ताको लोभ र आफ्ना भरौटेले ७० करोडको भ्रष्टाचारीलाई दुधले नुहाई चोख्याउने जमर्को ग¥यो । यो राष्ट्र आज आशा लाग्दो सरकार को हात मा छैन् । यो सरकारले दिनहँु मुलुकको अर्थतन्त्रलाई पछि पार्न सफल छ । यो मुलुकको जनता दिनहँु आफ्नो ज्यान गुमाउदा उक्त ज्यानको कात्रोले आफ्नो मुख छोप्दै छ ।
स्वास्थ्य क्षेत्रमा टेवा पु¥याउनु कताकता चुनावी माहोलमा जान बुरुक बुरुक छ । यो मुलुक पुनः २५ वर्ष पछि पार्न सफल सरकार अझ नयाँ नयाँ उदण्डको नाइके हुन सफल छ । मुलुक र जनताले एक अशल नेतृत्व र राष्ट्र निर्माणको सकारात्मक नीति गर्न मतदान गर्लान तर मुलुकमा इमान्दार र अशल नेतृत्वको बाबजुद फटाहा देशद्रोही,भारतीय दलालको जन्म हुने निश्चित छ ।
अझै यो देशका नागरिकले गुटवादी राजनीतिक नेतृत्वकर्ता र अशल नीति सहितको नेतृत्वको तुलना गर्ने भय यो राष्ट्रले सदैब आम जनता लाई सुशासन विकाशको बाबजुद कालोदिनहरु को सामना गर्ने निश्चित छ । लेखक माओवादी केन्द्रका युवा नेता तथा व्यवसायी हुन ।