चितवनका सुवेदी एनआरएनए अमेरिकाको अध्यक्षमा निर्बाचित

85

चितवन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको अध्यक्षमा चितवनका बुद्धिसागर सुवेदी निर्बाचित हुनुभएको छ । गैर आवासीय नेपालीको साझा संस्थाको रुपमा रहेको अभिभावकीय संस्थामा सुबेदी बिजयी हुनु भएको हो । वर्ष २०२१ देखि २०२३ सम्मको दुई बर्षका लागी नया कार्यसमिति चयन भएको हो । मे २९ र ३० मा अनलाइनद्वारा मतदान भएको हो ।

सुवेदी चितवनको माडी बासिन्दा हुनुहुन्छ । माडी नगरपालिका वडा पाच बरमपुर निवासी सुवेदी १८ बर्ष देखि अमेरिकामा रहेर काम गर्दै आउनु भएको छ । अहिले भरतपुर वडा नम्बर चार स्थित चिसापानी टोलमा उहाँ बस्ने गर्नुहुन्छ । निर्बाचित भएपछी उहाँले गैर आवासिय नेपालीको हितमा समर्पित हुने बताउनुभयो । यसअघि उहाँ विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुदैं एनआरएनए अमेरिकामा उपाध्यक्ष रहनु भएको थियो । “अमेरिका बनाउनका लागि नेतृत्व गर्ने आट बोकी म यस अभियानमा होमिएको हु ।”उहाँले भन्नुभयो “मलाई बिजयी बनाएर एनआरएनए, अमेरिकाको नेतृत्व गर्ने कुरामा बल मात्र दिएको छैन, विश्वस्त पनि बनाएको छ ।”

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगका अनुसार यसपटक २० हजार १३९ मतदाता रहेका थिए । यसमध्ये १५हजार ७६८ मत खसेको खसेको थियो । अध्ययक्षमा चार जनाको उम्मेद्बारी परेको थियो । सुबेदीले ५ हजार ६१८ मत ल्याइ बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी कृष्ण लामिछानेले ५हजार २३३ मत ल्याउनुभयो । त्यसैगरी डा.अर्जुन बन्जाडेले ४ हजार १२८ मत र तिलक के सीले ५६७ मत प्राप्त गर्नुभएको थियो ।