सेल्फी फोटो प्रतियोगिताको उपाधि लक्ष्मी चौधरीको पोल्टामा

711

खैरहनी ०७ माघ । खिचरा महोत्सवमा गरिएको सेल्फी फोटो प्रतियोगिताको उपाधि लक्ष्मी चौधरीले जितेकी छन । खैरहनी ५ सुर्तनीकी लक्ष्मीले उवाधि संगै आर्कषक पुरस्कार प्राप्त गरेकी छन । खिचरा महोत्सवमा सेल्फी फोटो खिचेर फेसबुकका पोष्ट गर्नुपर्ने र फोटामा भएको लाईक,कमेण्ट र शेयरको आधारमा उपाधि दिइएको हो । प्रतियोगितामा खैरहनी ७ की सवनम चौधरी द्धितीय,रत्ननगर ७ की एलिसा चौधरी तृतीय र रत्ननगर २ की पुष्पा चौधरीले सान्त्वना भई आर्कषक पुरस्कार हात पारेका छन । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि डोरमणि पौडेल र महोत्सवको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष चुरामणि चौधरीले उनीहरुलाई पुरस्कार वितरण गरेका थिए ।