राष्ट्र निर्माणमा सूचना प्रविधिको आवश्यकता र चुनौती

837

रवि तिवारी,

बिश्व ब्यापी महामारी COVID-19 ले संसारको अर्थतन्त्र तहसनहस भएको सन्दर्भमा, कयौ ब्यबसाय तथा ब्यापारिक घरहनाहरु टिक्नको लागि धौधौ भएको अवस्थामा लाखौ रोजगार गुमेको रसंसारको अर्थतन्त्रलाई चलायमान राख्न र दैनिक सेवा प्रबाह तथा कराबोर चुस्त  दुरुस्त राख्न सूचना प्राबिधि बरदान साबित भएको छ | सूचना प्राबिधि समन्धी ज्ञान भएका दक्ष जनशक्तिले घर मै बसेर लाखौ रकम आम्दानी गर्न सकेका छन्,र आफ्नो ज्ञान र सिपको माध्यमबाट बिश्वलाई नै चलायमान बनाएका छन् |

आजको युग प्रबिधिको युग हो | सूचना प्रविधिको तीव्र विकासले देशको विकट भौगोलिक दूरी समेत कम गरिदिएको छ।प्रविधिको प्रयोगमार्फत छिटो-छरितोरूपमा सूचना आदानप्रदान गर्न सकिने भएको छ। सूचना प्रविधिमा आएको तीव्र विकासले मानिसको दैनिक जिबनशैलीमा आमूल परिवर्तन ल्याएको छ। नेपालमा अन्य मुलुकको तुलनामा सुस्तगतिले भएपनि हालैका वर्षमा नेपालमा सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति देख्न थालिएकोछ। सरकारी क्षेत्रबाट पनि सूचना प्राबिधिको बिकाश तथा प्रयोग लाई चासोको साथ् अगाडी बढाइएको पाइएको छ र यसको ज्योलन्त उदहारण सरकार द्वारा सुरु गरिएको  नागरिक एप हो जहाँ बाट जनताले आफ्नो फोन नं को माध्यमबाट प्राबिस्टगरि नागरिकता नं लाई लिंक गराई आफ्नो सम्पूर्ण विवरण जस्तै स्वास्थ्य बिमा,संचयकोष समन्धी जानकारी,पुलिस रिपोर्ट,भोटर कार्ड,प्यान कार्ड जस्ता अन्य सम्पूर्ण जानकारी एउटै माध्याम बाट लिन सकिन्छ |यद्यापी यसको प्रभाकारीता तथा साइबर सुरक्षा को दृष्टिकोणको अझै पूर्ण विश्वास्थ हुने ठाउँ छैन |

विश्व बजारमा सूचना-प्रविधिक्षेत्रमा भइरहेका नयाँ-नयाँविकासलाई नेपालले आत्मसात गर्न सक्नु एउटा उपलब्धि हो, जुन आसाचित भने होइन |देशलाई प्रतिगमन र अधोगति तिर धकेल्ने होइन आधुनिकीकरणको दिशामा अघिबढाउने होर  आधुनिकीकरणको मूलमर्मलाई आत्मसात गर्ने हो भने बैज्ञानिक शिक्षा तथा सरकारी क्षेत्रमा सूचना प्रविधिलाई अनिवार्यआधारबनाउन पर्दछ।सूचना तथा प्रविधिलाई मुलुकको पुनर्संरचनाको लागिएकमहत्वपूर्ण आधारकोरुपमा स्वीकार गरी सरकारी संरचनागत तथा नीतिगत परिवर्तन आवश्यक छ। सम्रचनगत भ्रस्तचार ,ढिलासुस्ती तथा नातबादरकृपाबादजस्ता कारणले सरकारीसेवाप्रती आमजनाताको बितृश्नारहेको परिपक्षमा सूचना प्राबिधिको प्रयोगले धेरै हदसम्म सरकरी सेवा प्रबाह तथा सूचनाहरु छिटो,सरल,तथा पारदर्शी बनेको देखिन्छ |स्थानियनिकयामापनियसैकुरालाईमध्यानजरगरीसरकारीसेवाप्रबाह लाई सरल, छिटो तथा पारदर्शी बनाउन विभिन्न शिर्षकमा सूचना प्राबिधिको लागि लगानी भईरहेको भए पनि आचाचित प्रगति देखिएको छैन |

सामान्य भन्दा सामान्य कामको लागि कम्प्युटरकै प्रयोग भएपनिसेवाग्राही हरु घन्टौ लाइन बस्नु पर्ने, सफ्टवेयर चलाउनको लागि तालिम प्राप्त दक्ष जनशक्ति नहुनु,महत्वपूर्ण डकुमेन्ट हराउने, अनलाइन र सफ्टवेयर लागु भएको ठाउमा समेत डाटा चोरी, डाटाको duplication, unauthorized access अव्यवस्थित फाइलको ब्यबस्थापन, कमजोर सर्वर, असुरिक्षित सुरक्षा मापदण्ड तथा कमजोर Firewall device जस्ता कारणले गर्दा आझै पनि सेवाग्राहीहरू पूर्ण रुप मा विश्वस्त हुन सकेका छैनन्, जसले गर्दासूचना खोज्नको लागि समय लाग्ने जस्ता समस्याले गर्दा जनताको महत्वपूर्ण समय को नोक्सान हुने र परिणाममुखी काम हुन सकेको छैन |

सरकारी तथा सार्बजनिक सेवा प्रभावलाई चुस्त,छिटो पारदर्शी बनाइ पछिल्लो समय प्राय संस्था तथा सरकारी निकाय मा सूचना प्रबिधि समन्धी सफ्टवेयर तथा उपकरणमा अरबौ रकम खर्च गर्ने लहर आयको देखिन्छ तर त्यसलाई निरन्तरता दिन र समय र आबस्यकता अनुसार परिमार्जन तथा सुरक्षित बनाउने तिर समन्धित निकायको ध्यान जान सकेको छैन | सूचना प्रबिधिको ब्यपक र अव्यवस्थित प्रयोगको कारण ले बिभिन्न किसिमका साइबर अपराध बढेको छ| सरकारी तथा व्यक्तिगत डाटा चोरी हुने, अव्यवस्थित डाटाको अभिलेख जस्ता कारण अहिलेको चुनौती रहेको देखिन्छ |

सार्बजनिक निकायमा सूचना प्रबिधि समन्धी बिभिन्न तालिम, गोष्ठी मा लाखौ खर्च भय पनि परिणाममुखी परिणाम आउन सकेको छैन| यसको अलवा सरकार तथा बिभिन्न सार्बजनिक निकाय ले सूचना प्रबिधिको पहुच पुराउन तथा त्यसलाई सहजीकरण गर्नको लागि तथा यस क्षेत्रको बिकाश को लागि निजामती सेवामा आइटि अफिसर, लोकसेवाले लिने कम्प्युटर engineer तथा आइटि अफिसर जस्ता दर्जामा सिन्डिकेटको कारणले BE. कम्प्युटर बाहेक अन्य बिषय जस्तै BCA, BIM, BSC.CSIT जस्ता बिषय पड्ने दक्ष तथा क्षेमतावन जनसक्तिहरुले उक्त दर्जामा आवेदन दिन पाउने प्राभधान नहुदा हजारौ दक्ष जनसक्ति बिदेशीन पर्ने बाध्यता रहेको छ |

यद्दपी कम्प्युटर अधिकृत तथा  सूचना प्रबिधिको संस्तागत बिकाशको लागि बिभिन्न आयोग तथा कानुन बनेको भय पनि पूर्ण ज्ञान तथा इच्छाशक्ति को कामि को कारणले गर्दा आसाचित प्रगति हुन सकेको छैन | सूचना प्रबिधिको बढ्दो बिकाश र प्रयोगले सार्बजनिक तथा सरकारी क्षेत्र पनि अछुतो रहन सकेको छैन| दैनिक सेवा प्रभाव छिटो र प्रभावकारी बनाउनको लागि सरकारी र बिभिन्न NGO तथा अन्तर्राष्ट्रिय नियोग ले भारि लगानी गरेको देखिन्छ | निजामती तथा कारार मार्फत कम्प्युटर अधिकृत, कम्प्युटर अपरेटर जस्ता बिभिन्न पदमा उल्लेख्य संख्यामा सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीहरु कार्यरत रहेकाछन्। सरकार बाट बिद्दुतीय सुशासन र सरकार कार्यन्वयनको लागि स्थेनिया निकाय तथा सार्बजनिक निकायमा सूचना प्रबिधि अधिकृत ले बिभिन्न सफ्टवेयर तथा प्रणालीको कार्यन्वयनको लागि तथा कर्मचारी तथा सेवाग्राहीको क्षमता अभिबृद्धि गर्न बिभिन्न तालिम प्रभाव गरि आफ्नो पदमा प्रभावकारी रुपमा क्षमता प्रदर्शन गरिरहेका छन् |

तर सरकारी निकायका पुराना कर्मचारी तथा प्रसाशन बाट उनीहरुको योग्यता तथा क्षेमताको अनुसारको काम कार्य गराउनुको सत्ता टाइप गर्ने, कम्पुटर बनाउने, जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत काम लगाउने जस्ता कार्य ले उनीहरुको क्षमत अनुसार परिचालन गर्न नसक्नाले आसाचित उपलब्धि देखिन सकेको छैन जसले गर्दा एकेडेमीक रुपमा अब्बल जनशक्तिलाई नैराश्यता उत्पन्न भई उनीहरुले आफ्नो क्षमता प्रदर्शन गर्न नसकी राज्यले समेत ती जनशक्तीबाट आशातित प्रतिफल प्राप्त गर्न सकेको छैन |

पुरानो कार्मचारी हरु ले पनि आफुलाई प्रबिधि अनुसार परिमार्जन गर्ने नसक्दा प्राविधिक जनशक्तिहरुले नया खोज, अनुसन्धान तथा सरकार बाट प्रधान गरियको सफ्टवेयर तथा प्रणालीमा आफुलाई बिजी राख्न सकेको छैनन्|
यसको समाधानको लागि सरकारी निकायमा प्रबिधि समन्धी छुट्टै साखा गठन गरि येठेस्था साधन श्रोत तथा कर्मचारी उपलब्ध गराउन सके सूचना प्रबिधि अधिकृतको नेतृत्वमा हाल कार्यरत जनशक्तीलाई विभिन्न समुहमा यक्रिकृत गर्न सके सो अनुसारको प्रतिफल प्राप्त गर्न सकिन्छ |
सूचना प्रबिधिका बिभिन्न क्षेत्रका कर्मचारी राख्न नसके पनि बिभिन्न छेत्रका विज्ञ जस्तै Network Expert, Cyber security Experts, Security auditor, Database Expert लाई समेटी सूचना प्रबिधि समन्धी सल्लाहकार team गठन गर्न सके आबस्यकता अनुसार भाबी योजना तर्जुमा तथा कार्यन्वयनका लागि लागि परिचालनगर्न सके थप प्रभावकारी हुने देखिन्छ|एकेडेमीक मात्र नभयर प्राबिधिक जनशक्तिको लागि येठेस्था तालिम तथा उनीहरुको बृथी बिकाशमा ध्यान दिन सके उल्लेखनीय उपलब्धि हासिल गर्न सकिन्छ | प्राबिधिक रुपमा पदीय जिम्मेवारी भय पनि प्रावधिक कार्य गर्न नसक्नेलाई उपयुक्त सेवा समुहमा समायोजन गर्नु पर्ने र योग्य प्राबिधिकको बृतिविकासमा ध्यान दिनु पर्ने देखिन्छ । सूचना प्राबिधि अधिकृत भनेको टाइप गर्ने, चिठी बनाउने, प्रिन्टर रिफिल गर्ने,नेट बनाउने जस्ता सामान्य भन्दा सामान्य काममा सिमित राख्नु भन्दा उनीहरुको technical expertise को प्रयोग गरि TOR अनुसार मात्र कामसहि रुपमा परिचालन गर्न सके थप प्रभावकारी हुने देखिन्छ |

सरकारी निकायमा सिमित ब्यक्ति तथा कर्मचारीको लाभको लागि हचुवाको भरमा प्राविधिक उपकरण तथा software खरिद गरियको देखिन्छ | प्राय सरकारी निकाय कमिसन को लागि आफुले चिने जनाको बाट आबस्यकता नै नभएको सामान पानि बिना कुनै बिज्ञापन, तथा बोलपत्र उच्च मुल्यमा खरिद गरियको देखिन्छ र एस्तो प्राबिधिकको भूमिकालाई पन्छाएको देखिन्छ. र आफु अनकुल ब्यक्ति बाट खरिद गरियको उपकरण चेक जाच गरेको देखिन्छ |

बिगतमा खरिद गरियको उपकरण मर्मत गरी संचालनमा ल्याउन सकिने उपकरणहरु समेत लामो समयसम्म नचलाई पछि बिग्रेर नयाँ खरिद गरेको पाइन्छ ।खरिद गरियको सामान तथा सेवा को security audit तथा गुणस्तर चेकजाँच गर्न सक्ने जनशक्ती तथा प्रणाली नहुँदा खरिद कार्यको गुणस्तर सुनश्चित गर्न समेत कठिनाई भइरहेको छ । प्राय उच्च निकायको कर्मचारीले आफुले प्रयोग गरेको उपकरण आफु सरुवा हुदा उक्त उपकरणको संरक्षण नभई तेस्मा भयको डाटा को दुरुपयोग हुन सक्दछन् |

यसको समाधानको लागि हरेक निकायले आफ्नो साखाको लागि आबस्यक पर्ने उपकरण तथा सफ्टवेयर आफुलाई आवश्यक पर्ने सूचना प्रविधिसँग सम्बन्धित उपकरणहरु, सफ्टवेयर आदि खरिद गर्ने कार्य सूचना प्राबिधि अधिकृतको specification लिगी, आयको सामान सहि र गुधस्थररिय छ या छैन भनि चेक गर्न  सम्बन्धित क्षेत्रका विज्ञको व्यवस्था गरी खरिद प्रक्रीयामा पारदर्शिता र मितव्ययिता सुनिश्चित गर्नु पर्दछ|

हरेक साखाको लागि छुट्टा छुट्टै सर्वेर खरदि नगरी cloud मा सूचना तथा data राख्न सके सूचना तथा data अझ सुरचित हुन सक्छ| हरेक निकायले ERP सिस्टम बाट आफुलाई आबस्यक पर्ने उपकरण केन्द्रीय निकायमा पठाउने र ती निकायले आवश्यकता एकिन गरी आफ्नो स्टकबाट वा खरिद प्रक्रियामार्फत खरिद गरी वितरण गर्दा थप प्रभावकारी र मितव्ययी हुने देखिन्छ | एसको अलावा खरिद गरियको उपकरणको गुदस्तर चेक गर्न र सबै ठाउमा एकरुपता बनाउन security audit गर्नु पर्ने देखिन्छ|

सूचना प्रभाव लाई थप परिस्कृत तथा प्रभावकारी बनाउन हरेक कर्मचारीको लागि .gov.np इमेल सर्वेर प्रधान गरि centralized login system उपलब्ध गराउन सके र हरेक पत्राचार ,बिदा माग तथा अन्तर साखा पत्राचारमा उल्लेखनिया उपलब्धी हासिल गर्न सकिन्छ | सरकारी निकायका सूचनाहरु केन्द्रिकृत, नियन्त्रित र उपयुक्त संगठनात्मक स्तरमा ब्यबस्थित गरि अन्य सकारी निकायहरुलाई समेत आवश्कता अनुसार साझा रुपमा उपलब्ध गराउन सकिने  र आफु संग सम्बन्धित कार्य गर्न आवश्यक पर्ने सुचनाहरुमा मात्र प्रयोगकर्ताको पहुच हुने सुचानाहरुमा मात्र प्रयोगकर्ताको पहुच हुने ब्यबस्था गर्नु पर्ने छ| आफु अनुकुल software तथा सेवा खरिद गर्ने भन्दा पनि सूचना प्रबिधि प्रणालीहरुको निर्माण तथा खरिद गर्दा नागरिकको आवश्कता अनुसारका महत्वपूर्ण र संबेदनशील सेवाहरुको  पहिचान गरि त्यस्ता सेवाहरु छिटो, छरितो, सुलभ, गुणस्तरीय तथा  प्रभावकारी हुने गरि गर्नु पर्दछ|

देश विकासको मेरुदण्ड मानिने सूचना प्रविधि विकासमा सरकारले लगानी बढाउनुपर्ने हुन्छ| संसारका बिकशित देश हरु सूचना प्राबिधि कै प्रयोग तथा बिकाशले गर्दा हामी भन्दा धेरै अगाडी छन्| बिकशित देशमा कुल बजेटको ६०% भन्दा बढी प्राबिधिमा लागनी हुन्छ जसले गर्दा ब्यपक रोजगारको सृजना हुन्छ | सरकारले सूचना प्राबिधिमा व्यपाक लगानी गरि IT पढेका दक्ष जनशक्तिलाई कम्तिमा पनि २ लाख तलब दिई नयाँ खोज र अनुसन्धानमा लगाउन सकिन्छ जसले गर्दा देशको अर्थतन्त्रमा कायापलट गर्न सकिन्छ र ब्यपक रोजगार सिर्जना गर्न सकिन्छ|

हाल नेपाल मा पनि ले VLANमा आधारीत वेभमा संचालन हुने केन्द्रीकृत प्रणाली कार्यान्वयनमा ल्याएका छन् र येसो लागि प्राइभेट ISP को भर पर्न पर्ने हुन्छ जसले गर्दा लाखौ रकम खर्च गर्न पर्ने अवस्था आउछ |एसको लागि सरकारले आफ्नैडाटा सेन्टर को बिकाश गर्दै जानु पर्दछ र यसको लागि जनशक्ति पनि तयार गर्दै जानुपर्ने देखिन्छ | यसको अलवा हरेक सार्बजनिक ठाउमा हाई स्पीड इन्टरनेट connectivity को ब्यबस्था गर्नु पर्ने हुन्छ| प्राय जनप्रतिनिधि सूचना प्राबिधिमा लगानी गर्न रुचौदैनन| बाटो घाटो मात्र बिकाश हो भन्ने संकुचित सोचले गर्दा हरेक वर्ष techinical manpower बिदेसीन परेको छ| एक चोटी लाखौ लगानी गरेको बाटो २/३ वर्षमा फेरी बनाउन पर्ने हुछ भने प्रबेधि मा गरेको लगानीले दुरगामी रुप मा समृधि ल्याउछ| एसको मतलब प्रबेधि मात्रै बिकाश भन्न खोजेयाको हैन|

स्थेनिया सरकारलाई आबस्यकता अनुसार प्राबिधिक जनशक्ति राख्न सक्ने प्राभधानलाई आफ्नो आसे पासे तथा कार्यकर्ता भर्ति केन्द्र को रुपमा केहि निकेयाले अधिकारको दुरुपयोग गर्दा अब्बल तथा क्षेमतवन् ब्यक्ति आउन सक्दिनन, जसले गर्दा सूचना प्रबेधिको विकासमा दुरगामी असर गर्छ| IT बिषयमा विज्ञता हासिल गरेका जनशक्ति हुदाहुदै कम्प्युटर विषयमा प्रावधिक ज्ञान नभएका र टाइप समेत गर्न नसक्ने कर्मचारीहरुलाई प्रमाण पत्रको आधारमा नियुक्ती दिइएको छ । जसले गर्दा सामान्य भन्दा सामान्य काम नसक्ने र कम्प्युटर सम्बन्धी प्रावधिक ज्ञान नभएका करार सेवाका कर्मचारीहरुले गर्दा नेपाल सरकार गरेको लगानी अनुरुप प्रतिफल प्राप्त भएको देखिदैन समस्या आउदा पनि बाहिरको प्रबेधिक झिकौना पर्नी हुदा राज्यको स्रोत साधन थप खर्च भएको देखिन्छ |

एसको समाधानको लागि जस्तो सुकै कर्मचारी नियुक्त गर्दा पनि दलीय भागबन्डा र नाताबाद कृपाबाद भन्दा पनि मापदण्ड बनाएर लोकसेवा आयोगले लिने परिक्षाको format मा गरि योग्य र क्षेमतवन् कर्मचारी हुन् पर्ने छ | पुराना र कार्यरत जनशक्तिलाई समेत सरकारकै खर्चमा बिभिन्न क्षेमता अभिबृद्धि तालिम जस्तै Networking, Hardware Maintenence,Typing, Graphics Designing जस्ता तालिम को ब्य्बेस्ता मिलाउन सकिन्छ र तेशपछि परीक्षा लिएर योग्य भए मात्र  नयाँ कारार नबिकरण गर्न सकिन्छ

आर्को महत्वपूर्ण समस्या भनेको सरकारी सेवा प्रबाह तथा सूचना हरु प्रभाकारी रुपमा जनताले पाउन सकेको छैनन्| एसको लागि सूचना प्राबिधि अधिकृतको ब्य्बेस्ता गरको भय पनि सरकारी निकयाका बिभिन्न निकाय तथा साखा हेरु सूचना अधिकृत लेसमयमै सूचना दिन अनाकाना गर्नु उचित समन्य नगर्दा सूचना अधिकृतहरु ले पनि आफ्नो काम प्रभाकारी रुपमा निभाउन सकी रकेयाको छैनन्|

यसको समाधान को लागि हरेक साखा तथा निकेया ले कुनै पनि सूचना प्रसारण गर्नु आगाडी सूचना साखा मार्फत संस्थाको वेबसाइट तथा एप मार्फत publish गरिसके पछि मात्र अगाडी बढाउन सकिन्छ| एसको लागि सूचनाहरु अनिबार्य सूचना सखालाई बोदर्थ राखी  इमेल मार्फत सूचना साखा मा उपलब्ध गराउन सकिन्छ| प्राय जसो कार्यालयमा नाया प्रमुख आउदा अन्धधुना रुपमा नया सफ्टवेयर, उपकरण खरिद गर्नी प्रचलन रही आएको र दिगो रुपमा कार्यान्वयनमा ल्याएको विरलै देखिन्छ र सो कर्मचारी र पदाधिकारी अन्यत्र सरुवा भई जाँदा सो सफ्टवेयरको संचालन समेत बन्द हुने गर्दछ |

बिबिन्ना कार्यालयहरुले यस्ता सफ्टवेयरहरु आफु आफै छुट्टा–छुट्टै रुपमा खरिद गर्दा एकरूपता नआउने र सबैलाई Integrate गर्दा समस्या देकिंचा र सबै सफ्टवेयर बाट आएको डाटा बाट योजना तर्जुमा तथा केन्द्रीकृत तथ्याकंहरु सजिलैसँग प्राप्त गर्न सकिन्न| एसको सामाधान को लागि सरकारले एकरुपताको लागि एउटा सफ्टवेयर तथा प्रणाली बिकाश गरेर केन्द्रीकृतरुपमा सम्बन्धित सबै निकायहरुले संचालन गर्ने गरी व्यवस्था गर्न सकिन्छ|

कुनै पनि सफ्टवेयर तथा उपकरण खरिद गर्नु आगाडी विज्ञको जिम्मेवारी दिई गुणस्तरयुक्त,र requirement analysis को मापन गर्न सकिन्छ| र आबस्यकता आनुसार सफ्टवेयर लाई परिमार्जन गर्दै लैजानु पर्दछ | सूचना प्राबिधि मा केन्द्र सारकरबाट ठुलो लगानी भए पनि त्येस अनुसार काम भए नभएको अनुगमन, गरिएका Software/Hardware  को प्रावधिक तथा Security Audit नभएको हुँदा जोखिम उति नै देखिन्छ |

कुनै पनि सफ्टवेयर निर्माण गर्नु आगाडी नेपाल सरकारका अन्य प्रणालीहरुसँग Integrate हुने गरी Nepal Government Interoperability Framework(Ne-GIF) र Government Enterprise Architecture (GEA) को मापदण्ड बमोजिम सफ्टवेयर निर्माण भए नभएको सुनिश्चत गरी एक आपसमा integrate गर्न सक्ने प्रणालीलाई integrate गरी कार्यान्वयन थप प्रभावकारी बनाउन जरुरी देकिछ| साथै software तथा hardware को न्यूनतम मापदण्ड तथा तेस्को चेकजाच गर्ने सम्मेंत्र तयार गर्नी आबस्यक कानुन तथा निर्देशिका बनाउनु पर्ने देकिंचा|

अत. सूचना प्राबिधि मा दक्ष र क्षमतावान् प्राबिधिक जनशक्ति उनीहरुको क्षमता र दक्षता अनुसार अनुसन्धान मुलका काममा लागाई कम्तिमा पनि २ लाख तलबको अवसर सिर्जना गर्न सके र सूचना प्राबिधिमा देशको कुल बजेटको कम्तिमा २०% मात्र प्राबिधिमा लगानी गर्न सके व्यापक रोजगारको सिर्जना भई देशको अर्थतन्त्रले आकाश छुने निश्चित छ |यसको दिगो बिकाशको लागि सूचना प्राबिधिको प्रयोग र महत्व समन्धी तल्लो तह सम्म तालिम र जागरण ल्याउन सके मात्र सरकरले गरेको लगानीको औचित्य पुस्टि हुन सक्छ| लेखक सुचना प्रविधि क्षेत्रका विज्ञता हुन ।