नेपालमा काेराेनाकाे नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय

41

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गर्नुभयो ।

अहिले नेपालमा कोभिड–१९ को भेरियन्ट ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’  मात्र भेरियन्ट गरेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) मात्र सक्रिय रहेको उहाँले जानकारी दिनु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्र्सनभित्र परेका र विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ ।