नयाँ मर्यादाक्रमप्रति अख्तियारको असन्तुष्टि

362

काठमाडौं, माघ ७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले केही दिनअघि परिमार्जन गरिएको नयाँ मर्यादाक्रमप्रति असन्तुष्टि जनाएको छ । आयोगको सोमबार बसेको बैठकले मर्यादाक्रममा पुनरावलोकन गर्न सरकारसित आग्रह गरेको हो ।

संवैधानिक अंगका पदाधिकारीहरुले अध्यक्षता गर्ने बैठकहरुमा सदस्य रहने पदाधिकारीहरुको मर्यादाक्रम संवैधानिक पदाधिकारीहरूकोभन्दामाथि रहेको र संवैधानिक अंगका पदाधिकारीहरुको मर्यादाक्रम साविककोभन्दा निकै तल राखिएको भन्दै आयोगले असन्तुष्टि जनाएको हो ।

जसबाट कार्यसम्पादन प्रक्रिया तथा बैठक सन्चालनको न्यूनतम् मूल्य–मान्यतासमेत प्रभावित हुने जिकिर पनि अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।