लकडाउनमा निशुल्क पढाउदै शिब शंकर

155

चितवन | कोरोना कहरको नयाँ भेरियन्ट्स देखिएलगत्तै नेपालका अधिकांश जिल्ला निशेषज्ञाको चपेटामा छ । काम,पढाई वा अन्य कुनै कारणले गाउँ अनि घरदेखि टाढा हुनेहरु पनि संक्रमणको खतरा बढेसँगै जारी गरिएको लकडाउन अघि नै गाँउघर फर्किएका छन् । पर्सा जिराभवानी गाँउपालिका २ सेढवाका शिब कुमार शंकर पनि सरकारले लागु गरेको निशेधज्ञा अगाबै घर फर्किएका थिए । चितवनको सौराहा बस्दै आएका शिब सौराहाकै होटल जंगल भिस्टामा काम गर्छन् । चितवन रत्ननगरकै सहिद स्मृती बहुमुखी क्याम्पसमा पढ्दै काम गर्दै आएका उनलाई कहिले कसो मात्र घर जाने मेसो मिल्छ,त्यो पनि यि-यस्तै बेलामा ।

Open Photo

पढाई बिदामा होस् या चाडपर्बमा होस्,घर पुगेपछि परिवारको काममा सघाउने, साथीभाई सँग भेटघाट गर्ने उनको यो पटकको दैनिकी भने फरक तरिकाले बितिरहेको छ । कोरोना कहरले अन्य जिल्लामा जस्तै चितवनमा पनि बैशाख १८ गतेदेखि निशेधज्ञा जारी छ । निशेधज्ञा शुरु भएको एकदिन अघि गाँउ गएका शिबशंकरले सानैदेखि आफ्नै घरमा बस्दै आएका भान्जा भान्जीलाई बिहान बेलुका समय मिलाएर पढाउन सरु गरे । दुई जना भान्जा भान्जी बाट पढाउन सुरु गरेका उनले निशेधज्ञाको एक महिना बढी बितिसक्दा ३० जना बालबालिका लाई नियमित पढाउदै आएका छन् ।

सुरुको दिनमा भान्जा भान्जीलाई पढाएको अन्य बालबालिकाले देखेपछि उनिहरू पनि पढ्न आउन सुरु गरे । प्राय गाँउघर वरपरकै साथीभाईको छोराछोरी आफुसँग पढ्न आएको शिब बताउँछन् । सुरुमा त्यसरी पढाउने कुनै सोच नभएपनि पछि बालबालिकाहरु नै आफै चासो देखाएर पढ्न आउन थालेपछि उनलाई पनि पढाउनुपर्छ भन्ने लाग्यो । करिब ३० जना बालबालिकालाई निशुल्क पढाई रहेका शिबले दैनिक दुई समय पढाउदै आएका छन् । बिहान ६ बजेदेखि साढे आठ बजेसम्म पढाउछन् त बेलुका ६ बजेदेखि लगभग ९ बजेसम्म पढाउदै आएका छन् ।

बिहान बेलुका नै एकै तरिकाले पढाउदा बालबालिकाले दिक्क मान्छन् भन्ने सोचले उनले कहिले गित गाउन लगाउने,कहिले कुन खेल खेलाउने त कहिले कथा सुनाउने गर्दै पढाउदै आएका छन् । पढाईसँगै खेल्न,रमाउन पनि पाउने भएपछि बालबालिका पनि फुरुङ्गग देखिन्छन् । बालबालिका त खुसी छन् नै उनिहरुको अभिभाबक पनि शिबले निशुल्क पढाईरहँदा खुसी छन् ।

उनको गाँउको केहि मानिसहरु अझैपनि पढाईलाई खासै महत्व दिदैनन्, अझै भनौ पढेर के हुन्छ र भन्ने सोच छ । तर मानिसहरुमा उनकै कारणले पढ्नुपर्ने रहेछ भन्ने सोचको बिकास बिस्तारै भईरहेको र एकदिन सबैले त्यो कुरा बुझ्ने उनको बिश्वास छ । लकडाउनमा घर गएको र फुर्सदको समयमा बालबालिकालाई केहि सिकाउन पाउँदा शिब आफै पनि मख्ख छन्,उनिसँगै उनको ममि र परिवारका अन्य सदस्य झन् छोराको उक्त कदमले आफुहरुलाई धेरै खुसी मिलेको बताउँछन् ।

काम वा पढाईको शिलशिलाले आफुहरु जति टाढा भएपनि आपत-बिपत अनि चाडपर्बमा भने घर आउनुपर्ने बाध्यतालाई सम्झदै शिब भन्छन् लकडाउनले मलाई आफ्नो गाँउघरको महत्त्व कति हुन्छ भन्ने पाठ पढायो, र त मैले आफ्नो गाँउघरका भाईबहिनिको लागि केहि गर्नुपर्छ भन्ने लागेर पढाउने सोच बनाए । उनि भन्छन् सुनेको छु लकडाउनमा बिधालयहरुले महङ्गो शुल्क लिएर अनलाईन कक्षा पढाईरहेको छ भन्ने । तर,मोबाईल लिनै पनि मुस्किल पर्ने अभिभाबकको यि बालबालिका का लागि महङ्गो शुल्क त्यो माथी अज्ञान प्रबिधी ‘आकाशको फल आँखा तरि मर’ भनेजस्तै भएको छ । तसर्थपनि उक्त्त बिषयमा सरोकारवाला निकायको ध्यान गईदिए हुन्थ्यो जस्तो लाग्छ ।