पूर्वमन्त्री अर्यालकाे औपचारिक रुपमा विदाइ

107

काठमाडौं,  जेठ २३ । निर्वतमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीमा कति समय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्ने कुरा महत्व हुने बताउनुभएको छ । कृषि मन्त्रालयबाट आइतबार (आज) औपचारिक रुपमा विदा हुँदै पूर्व मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभयो । ‘यो मन्त्रालयमा म छोटो समय काम गर्ने अवसर पाए । तर छोटो समयमै भएपनि केही महत्वपूर्ण कामहरु सम्पन्न गर्ने मौका पाएको छु’, उहाँले उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा कतिसम्म रहिन्छ भन्ने ठूलो कुरा ठूलो कुरा होइन । के गरिन्छ भन्ने महत्वको कुरा हो ।’ मन्त्रालयको जिम्मेवारीमा आएको छोटो समयमै उखु किसानहरुको समस्या समाधान गरी आन्दोलन बिश्राम गराउने कार्यमा सफल भएको स्मरण गर्दै पूर्वमन्त्री अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको केही समस्या समाधान गरी व्यवस्थापन गर्ने कार्य गरिएको बताउनुभयो ।ने कुरा महत्व हुने बताउनुभएको छ । कृषि मन्त्रालयबाट आइतबार (आज) औपचारिक रुपमा विदा हुँदै पूर्व मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभयो । ‘यो मन्त्रालयमा म छोटो समय काम गर्ने अवसर पाए । तर छोटो समयमै भएपनि केही महत्वपूर्ण कामहरु सम्पन्न गर्ने मौका पाएको छु’, उहाँले उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा कतिसम्म रहिन्छ भन्ने ठूलो कुरा ठूलो कुरा होइन । के गरिन्छ भन्ने महत्वको कुरा हो ।’ मन्त्रालयको जिम्मेवारीमा आएको छोटो समयमै उखु किसानहरुको समस्या समाधान गरी आन्दोलन बिश्राम गराउने कार्यमा सफल भएको स्मरण गर्दै पूर्वमन्त्री अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको केही समस्या समाधान गरी व्यवस्थापन गर्ने कार्य गरिएको बताउनुभयो ।

सरकारले पहिलोपटक देशैभरको डिजिटज कृषि नक्सा बनाउन सफल भएको भन्दै उहाँले त्यसको घोषणा पनि आफ्नै पालामा गर्न पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । कृषिको डिजिटल नक्साले देशभरको माटोको अवस्था पत्ता लगाउन सकिने भन्दै पूर्वमन्त्री अर्यालले व्यवसायिक कृषि कार्य गर्दा त्यसबाट सफल भइने समेत बताउनुभयो । पशुजन्य उत्पादनमा आंशिकरुपमा आत्मनिर्भरताको घोषणा गरिएको भन्दै उहाँले सरकारले दुध उत्पादनमा २ वर्षभित्र आत्मनिर्भर हुने लक्ष्य लिएको बताउनुभयो ।