साहित्यकार काफ्लेको सम्झनामा वृद्ध आश्रममा खाना खुवाइयो

37

चितवन | चितवन ब्लड डोनर्स सोसाइटी नेपाल द्वारा संचालित निशुल्क खाद्यान्न संकलन तथा बितरण कार्यक्रम १९ औ दिनमा प्रवेश गरेको छ । यसै अबसरमा सोसाइटीका युवाहरुको सक्रियतालाइ मध्यनजर गर्दै उहाका छोरा किरण काफ्ले ज्युले बिपन्न परिवार एबम वृद्धहरुलाइ सहयोग होस भनि सोसाइटीलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

No description available.

यस अबस्थामा देवघाटस्थित रोटरि करुणालाय वृद्धआश्रममा बिगत लामो समयदेखि आस्रममा बसोबास गर्ने र बाहिर सडकमा देवघाट वरिपरि रहनुहुने बेवारिसे सडक बुवाआमाहरुलाइ रोटरि क्लब अफ चितवनले ब्यबस्थापन गर्दै आएकोमा एक छाक खाना स्व राम प्रसाद काफ्ले ज्युको ९ औ दिनको पुन्य दिनको सम्झनामा करिव १०० भन्दा बडि बुवाआमाहरुलाइ खाना खुवाउने कार्यक्रम सम्पन्न भयो । काफ्ले समाजका सस्थापक एबम अध्यक्ष , साहित्यकार तथा समाजसेवि काफ्ले चितवन, स्याउलिबजारमा बसोबास गर्दै आएका थिए र उहाँको ८० बर्शको उमेरमा जेठ १७ गते निजि निवासमा निधन भएको थियो ।

No description available.

उहाकि श्रीमति मिरा काफ्ले ज्युले केहि दिन अघि नारायणीमा बेबारिसे सडक मानवहरुलाइ खाना खुवाउन समेत सहयोग गर्नु भएको थियो ।