चितवनमा कोरोनाबाट आज एकैदिन पाँच जनाको मृत्यु, ८० संक्रमित थपिए

49

चितवन २६ जेठ । चितवनमा आज एकै दिन पाँच जना कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार मृतक मध्ये भरतपुर अस्पतालमा २ जना, चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालहरुबाट २७ जना बिरामी डिस्चार्ज भएका छन् । मृतकमध्ये चितवनका २ जना हुन् भने चितवन बाहिरका ३ जना रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार चितवन जिल्लाका विभिन्न अस्पतालमा गरेर ३१२ जना बिरामीहरुको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ११७ जना, भेन्टिलेटरमा ३५ जना, एचडीयूमा ५० जना र जेनरल बेडमा १४५ जनाको उपचार भइरहेको छ ।

चितवनमा विगत २४ घण्टामा ८० जना बिरामी थपिएका छन् । जसमा भरतपुर महानगरपालिकामा ३२ जना, खैरहनी नगरपालिकामा १० जना, माडीमा ६ जना, रत्ननगरमा १६ जना, राप्तीमा १४ जना र कालिकामा २ जना रहेका छन् । यो सँगै चितवनमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या एक हजार ७३० पुगेको छ ।