रत्ननगरमा १४०४ जनालाई कोरोना विरुद्धको खोप

78

चितवन । रत्ननगर नगरपालिका भित्रका एक हजार ४०४ जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । तीन दिनको अबधिमा ६२ देखि ६४ उमेर समुहका ७३५ जना महिला र ६६९ जना पुरुष गरी एक हजार ४०४ ले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो चरणको खोप लगाउन रत्ननगर बकुलहर अस्पताल,बछौली स्वास्थ्य चौकी,नरकटिया नगर स्वास्थ्य केन्द्र,पञ्चकन्या स्वास्थ्य चौकी,पिठुवा स्वास्थ्य चौकी,जिरौना नगर स्वास्थ्य केन्द्र,डुम्रीचोक नगर स्वास्थ्य केन्द्र,टरौली नगर स्वास्थ्य केन्द्रलाई खोप केन्द्र तोकिएको थियो ।