महिला उद्यमी सञ्जालको अध्यक्षमा पार्वती न्यौपाने चयन

376

चितवन । रत्ननगर नगरपालिका अन्तर्गत स्थानीय तहको महिला उद्यमी सञ्जालको अध्यक्षमा सहकारीकर्मी पार्वती न्यौपाने चयन भएकी छन् ।

रत्ननगर नगरपालिका भित्रका महिला सहकारीहरुका पदाधिकारीहरुको विहीवार सम्पन्न भेलाले न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा भगवती घिमिरे,सचिवमा मीना कुमारी ढकाल र सह लक्ष्मी चौधर,कोषाध्यक्षमा सानुमाया थापामगर र सदस्यहरुमा फुलकुमारी लामा,लक्ष्मी थापा,सम्झना घिमिरे,सोमिय महतो तथा पिठुवा नारी चेतना साकोस रहेका छन् ।

रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सञ्जालको गठन गर्नुको उद्देश्यको बारेमा प्रकास पारेका थिए । कार्यक्रममा महिला विकास अधिकृत दीपा घिमिरे,महिला विकास निरीक्षक रञ्जना पौडेल,सहकारी शाखा प्रमुख ग्रिष्मा शर्मा सापकोटाले सहजीकरण गरेका थिए । नवगठित सञ्जालकी अध्यक्ष न्यौपानेले महिला सहकारीहरुलाई अझ सबल र सक्षम बनाउदै सहकारीका सदस्य महिनाहरुलाई उद्यमी बनाउने गरी काम अगाडि बढाउने प्रतिबद्धता जनाइन ।