सौराहाका गाइडहरुले भने हाम्रा लागि खोप कहिले आउछ

200

चितवन २६ असार । नेचर गाईड एशोसियसन चितवनले कोरोना विरुद्धको खोप विभिन्न ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । कोभिड १९ महामारीका कारण पर्यटन क्षेत्र तहसनहस भएपछि पर्यटकलाई घुमाएर खाने आफ्नो पेशा समेत बन्द भएका कारण शनिबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गर्दै एशोसियसनले आफ्ना ४ बुंदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
नेचर गाईडहरुले चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई वन्यजन्तु र वातावरणको महत्व आदी लगायतका बारेमा जानकारी दिने काम गर्ने गरेको संस्थाका अध्यक्ष राजेन्द्र धामीले बताए । कोभिड १९ महामारीका कारण पर्यटन क्षेत्रनै तहसनहस भएपछि त्यसको आधार मानै पर्यटनलाई घुमाएर खाने आफ्नो पेशा बन्द भएकाले पेशानै जोखिममा परेको धामीले भने ।
उनले कोरोना बिरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरे । नेचर गाईड पेशा पलायन हुनबाट जोगाउन,चितवनको सफारी पर्यटनको दक्ष जनशक्ति पलायन भई भविष्यमा सफारी पर्यटनमा हुने क्षतिलाई रोक्न वार्षिक नविकरण शुल्क मिनाहा गर्न माग गरिएको बताए ।
नेचर गाईडहरु स्वदेशी तथा विदेशी पर्यटकलाई घुमाउने मात्र नभई चितवन राष्ट्रिय निकुञ्जको पेरीफेरीमा वन्यजन्तु संरक्षण र वातावरण संरक्षणको काम गर्दै आएकोले त्यस्ता गतिविधिमा नेचर गाईडलाई संलग्न गराई रोजगारी सृजना गरिदिन पनि आग्रह गरेका छन् । नेचर गाईड पेशा मर्यादित र प्राविधिक बनाउनको लागि सरकारले जतिसक्दो चाँडो नेचर गाईड कार्य विधि बनाउन आग्रह उनले गरे।
चितवन राष्ट्रिय निकुञ्जमा पथ प्रदर्शकको रुपमा कार्य गर्ने गाईडहरुको संख्या ७०० भन्दा माथि रहेको धामीले बताए । संस्थाका पूर्व अध्यक्ष उदय चन्द्र अर्यालले गाईड पेशामा लागेकाहरुले २० देखि ७० हजार सम्मको आम्दानी गर्ने गरेको बताए। उनले कोरोना माहामारीका कारण चितवनको पर्यटन र पर्यटनसँग सम्बन्धित गाईडहरुपनि विगत २ वर्ष देखि प्रभावित रहेकाले त्यसबाट रोजगारीनै गुमेको बताए ।
कार्यक्रममा संस्थाका सचिव ओम प्रकाश थापा, कोषाध्यक्ष भोजराज खतिवडा, कार्य समिति सदस्य ईश्वर बोगटी, सल्लाहाकार टिकाराम गिरी लगाएतले आफ्ना भनाई राखेका थिए ।