प्रलाद सापकोटाद्धारा पक्षघात रोगबाट पिडित सुवर्णलाई आर्थिक सहयोग

923

रत्ननगर १० साउन । पक्षाघातबाट ग्रसित नेपाली कांग्रेस साबिक क्षेत्र नम्बर २ चितवनकी महाधिवेशन प्रतिनिधि सुबर्ण बिकलाई आर्थिक सहयोग गरिएको छ । विगत तीन बर्षदेखि पक्षाघातबाट ग्रसित सुबर्णलाई समाजसेवी एवम् कांग्रेसका युवा नेता प्रलाद सापकोटाले नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

सफल ब्यवसायिको रुपमा समेत परिचित सापकोटाले रत्ननगर ९ स्थित उनकै निवासमा पुगेर सहयोग हस्तान्तरण गर्दै आर्थिक रूपमा केहि सहज होस् र सान्त्वना मिलोस भनेर सहयोग गरेको बताए । उनले शारीरिक कमजोरी र आर्थिक अभावले झनै पिरोलीएकी बिक लाई सहयोगले थोरै भए पनि राहत हुने विश्वास ब्यक्त गरे ।

नेपाली काङ्ग्रेस वडा नम्बर ९ का सभापति भुपेन्द्र अधिकारीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व क्षेत्रीय सभापति माधब अर्याल,वडा नम्बर ९ का पूर्व वडा सभापति मणिप्रकास खतिवडा,तरुण दल पूर्व वडा अध्यक्ष रेसम पुरी,नेपाली कांग्रेसका युवा नेता अनन्त अधिकारी,पुष्प पौडेल लगायत स्थानीयको उपस्थिति रहेको थियो भने कांग्रेस वडा सचिव अमृत मल्लले कार्यक्रम संचालन गरेका थिए । यस अघि पनि समस्यामा परेकालाई खाद्यान्न तथा नगद सहयोग गर्दै आएका सापकोटा नेपाली काङ्ग्रेस चितवनका कार्य समिति सदस्य एवम् तरुण बिभाग संयोजक हुन् ।