चितवनका सांसद उमेश श्रेष्ठ बने स्वास्थ्य राज्यमन्त्री

106

चितवन १० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस चितवनका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका छन्। भरतपुर महानगरपालिका–५ कल्याणपुर निवासी श्रेष्ठ चितवनका समानुपातिक सांसद हुन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैंसँग राखेर आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। चितवनको स्मल हेभन स्कूलका सञ्चालक समेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् । शैक्षिक क्षेत्रका व्यवसायी श्रेष्ठ पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहेका छन् ।