कोरोना खोप माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

239

पुजन लामिछाने,
चितवन । चितवनका रोटरी क्लवहरुले कोरोना विरुद्धको खोप माग गर्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेलाई ज्ञापनपत्र बुझाएका छन । रोटरी अन्तराष्ट्रिय डिष्ट्रिक ३२९२ नेपाल भुटान जोन ३० का असिष्टेण्ट गभर्नर नारायण प्रधान सहित जिल्लाका ६ वटा रोटरी क्लवहरुले अग्रपंक्तिमा रहेर सामाजिक सेवाको क्षेत्रमा काम गरिरहेका रोटरी क्लवका सदस्यहरुलाई प्रथमिकतामा राखेर खोप उपलब्ध गराउन माग गरेका हुन ।

गर्भनर प्रधान सहित रोटरी क्लब अफ चितवनका अध्यक्ष ज्ञानेन्द्र मान शाक्य, रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष निराजन खनाल, रोटरी क्लव अफ नारायणगढका अध्यक्ष अरूण खनाल, रोटरी क्लव अफ भरतपुरका अध्यक्ष राजेन्द्र कुमार पिया, रोटरी क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष रामेश्वर खनाल र रोटरी क्लव अफ पूर्वी चितवनका अध्यक्ष राममणि न्यौपानेले सयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन ।

ज्ञापनपत्रमा रोटरी सदस्यहरुका लागि ५०० खोप उपलब्ध गराउन माग गरिएको उल्लेख छ । कार्यक्रममा पूर्वी चितवनका रोटरीका कोषाध्यक्ष रामचन्द्र कंडेल र नारायणगढ रोटरीका संस्थापक अध्यक्ष निरञ्जन प्रधान सहितलको सहभागिता रहेको थियो ।