बुद्ध नेपलिज क्रिकेट क्लवको अध्यक्षमा चितवनका कृष्ण सुवेदी

433

चितवन । अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको बुद्ध नेपलिज क्रिकेट क्लवको अध्यक्षमा चितवनको खैरहनीका कृष्ण सुवेदी चयन भएका छन् । २५ जुलाइ २०२१ का दिन सम्पन्न क्वलको साधारण सभाले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको उपाध्यक्षमा बिकल शाही,सचिवमा पवन साह,कोषाध्यक्षमा गोविन्द खरेल,जनसम्पर्क अधिकृतमा मन्दिप खरेल,सदस्यहरुमा युबी बराल,विशाल बस्नेत,क्लव कप्तान चयन भएको छन् । त्यस्तै सल्लाहकारमा निवर्तमान अध्यक्ष प्रेम चौधरी रहेका छन् । नव निर्वाचित अध्यक्ष सुवेदीले क्लवलाई आर्थिक रुपमा सबल बनाउदै इन्टर स्टेटका खेलहरु संचालन गरी नयाँ‘ं उचाइमा पुर्याउने प्रतिबद्धता जनाए ।
साथै क्लवले नयाँ खेलाडीहरु समाबेश गरी अझै मजबुत बनाउने योजना बनाएको र स्थानीय स्तरमा हुने खेल खेलिरहेको र अन्य स्टेटमा हुने खेलहरुमा पनि क्लव भाग लिने जनाएको छ । साधारणसभा वेष्टर्न क्रिक कम्यूनिटि हलमा सम्पन्न भएको हो ।