नेपाल तेक्वान्दो संघ चितवनको नयाँ समिति : अध्यक्षमा गोपाल श्रेष्ठ चयन

380

चितवन ३० साउन । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति चितवनको चौथो जिल्ला अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले गोपाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुदिप गिरी,प्रदिप श्रेष्ठ,सचिव शैलेश श्रेष्ठ,सहसचिव सुनिलसिंह ठकुरी,कोषाध्यक्ष धनबहादुर दराई तथा सदस्यहरुमा महमद करिम उल्लाह,सुरज पौडेल,विश्वराम विक,नविना खनिया,विक्रम श्रेष्ठ,रन्जन तामाङ,लक्ष्मण परियार,प्रसंग कायस्थ र फुलमाया कुमाल चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सर्वसम्मत निर्वाचित समितिका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर वनले खेलकुदको विकासको लागि नगरपालिकाले योजना बनाएर काम गरिरहेको बताए । कार्यक्रममा बागमती प्रदेश खेलकुल परिषद् सदस्य विकास परिषद्का सदस्य सचिव सुर्य भण्डारी,नेपाल तेक्वान्दो संघका वागमती प्रदेश अध्यक्ष केशलल पुरी,महासचिव हरिहर ढुंगाना,सचिव उमेश नकर्मी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम गोपाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।