हाइटीमा शक्तिशाली भूकम्प : ३ सय बढीको मृत्यु, २ हजार बढी घाइते

155
People recover the body of Haitian politician Jean Gabriel Fortune from the rubble of a hotel destroyed by the earthquake in Les Cayes, Haiti, Saturday, Aug. 14, 2021. A 7.2 magnitude earthquake struck Haiti on Saturday, with the epicenter about 125 kilometers ( 78 miles) west of the capital of Port-au-Prince, the US Geological Survey said. (AP Photo / Ralph Tedy Erol)

एजेन्सी ३१ साउन । हाइटीमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ३०४ जनाको मृत्यु भएको छ । त्यसक्रममा २ हजार भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट–लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट हाइटी बल्ल बल्ल तंग्रिदै गएको बेला फेरि अर्को विपत्तीको सामना गर्नु परेको हो ।