नेकपा(एस) बागमती प्रदेश संसदीय दलको उपनेतामा खनाल चयन

349

चितवन । नेकपा (एकीकृत समाजवादी) पार्टीको वाग्मती प्रदेश संसदीय दलको उपनेतामा चितवनका कृष्णप्रसाद खनाल चयन भएका छन् ।

सो पार्टीको संसदीय दलको बैठकले खनाललाई दलको उपनेता चयन गरेको हो । प्रदेशसभा सचिवालयमा एमाले विभाजन भएर गठन भएको सो पार्टीमा सनाखत गरेका १३ सांसदहरुलाई मान्यता दिँदै नामावलीसहितको पत्र निर्वाचन आयोगबाट प्राप्त भएसँगै दलको चयन गरिएको थियो ।

सो पार्टीले प्रदेशसभा सचिवालयभित्रै संसदीय दलको कार्यालयसमेत स्थापना गरेको छ । सो पार्टीले हिजो मात्र राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेको थियो ।