चितवनको रत्ननगरमा राष्ट्रिय वाल दिवस मनाइयो

173

चितवन । चितवनको रत्ननगर नगरपालिकाले राष्ट्रिय वाल दिवस मनाएको छ । वालवालिका भित्र अन्तरनिहीत प्रतिभा प्रष्फुटन र वाल अधिकारका विषयमा गरिएको काम र प्रगतिको समीक्षा गर्दै दिवस मनाइएको हो ।

रत्ननगर नगरपालिका महिला,वालवालिका तथा ज्येष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रममा नगर स्तरीय वाल सञ्जाल र वडा स्तरीय वाल क्लवका पदाधिकारीहरुले आफु भित्र रहेका प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी वालक्लवका अगुवाहरुले मंसिर महिना भित्र रत्ननगरलाई वालमैत्री घाषण गर्ने लक्ष्य लिएको भन्दै यसका लागि सबैकोे सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा वालवालिकाहरुले केक काटेर एक आपसमा रमाइलो गर्दै राष्ट्रिय वाल दिवसको अबसरमा शुभकामना साटासाट समेत गरेका थिए । कार्यक्रममा उपमेयर विमला दुवाडीले रत्ननगर वालमैत्री घोषणा गर्ने महाअभियानमा रहेको भन्दै तोकिएको समयमा नगरपालिकालाई वालश्रम मुक्त र बालमैत्री नगर बनाउने प्रतिबद्धता जनाइन । कार्यक्रममा महिला विकास अधिकृत दीपा घिमिरेले वालमैत्री नगर निर्माणको लागि भएका काम र पुरा गर्नुपर्ने सुचकको विषयमा जानकारी गराएकी थिइन ।

सामाजिक विकास समितिका संयोजक केशव आचार्यले स्वागत मन्तव्य राखेको कार्यक्रममा नगर स्तरीय वाल सञ्जालकी अध्यक्ष रोनिसा घिमिरेले वाल अधिकार,वाल संरक्षण,वाल सहभागिताको वारेका प्रकास पारेकी थिइन ।