नवदुर्गा आमा समुहको अध्यक्षमा संगिता खनाल चयन

217

चितवन ०२ असोज । रत्ननगर १ स्थित नवदुर्गा आमा समुहको शनिवार सम्पन्न छैठौं साधारण सभा तथा चौंथो अधिबेशन संगिता खनालको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा चन्द्रिका केसी,सचिवमा सन्तोषी राई चौधरी,सहसचिवमा शान्ति रेग्मी,कोषाध्यक्षमा सरस्वती पौडेल चयन भएका छन् ।

समितिको सदस्यहरुमा अन्जु पौडेल,मन्जु पाण्डे,धनु ढकाल,कोपीला अधिकारी,सन्तोषी गिरी,रोमी कोइराला,लक्ष्मी भट्टराई,विमला थापा चौधरी,शुभद्रा चौधरी र हेमा पुरी चयन भएको समुहकी सल्लाहाकार गायत्री घिमिरेले जानकारी दिइन । समुहले लामो समय सम्म पानीमा तैरिएर विश्व कृतिमानी कायम गर्न सफल रत्ननगर १ निवासी विकर्ण श्रेष्ठलाई सम्मान गरेको छ ।

कार्यक्रममा प्रगति प्रतिवेशन प्रस्तुत गर्दै समुहकी संस्थापक तथा निर्वतमान अध्यक्ष एन्जिला कुँवरले आफ्नो कार्यकालमा समुहको भवन निर्माण,देवौली कुलो संरक्षण,समाजका आर्दश जोडीलाई सम्मान,भूकम्प,वाढी प्रभावितलाई सहयोग गरिएको जानकारी दिइन । कोरोना प्रभावितलाई वितरण गर्ने स्थानीय सरकारलाई खाद्यान्न तथा प्रहरीलाई माक्स,गौतमबृद्ध रंगशाला निर्माणको लागि आर्थिक सहयोग,स्वयम सेविकालाई सम्मान तथा महिलाहरुको आयमार्जनको लागि क्रिष्टलको गहना बनाउने,जुत्ता,चप्पल बनाउने तथा कम्पोष्ट बीन बनाउने तालिम लिइएको उनले जानकारी दिइन ।

सो आमा समुहले वातावरण संरक्षणको लागि प्लाष्ट्रिकको झोलाको प्रयोगलाई न्यूनीकरण गर्न वाताबरणमैत्री झोला बनाएर वितरण गरेको थियो । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा नं १ का वडा सदस्य वाबुराम गौतम,विकर्ण श्रेष्ठ लथगायतले मन्तव्य राखेका थिए । २०७० सालमा स्थापना भएको सो समुहको ३३२ जना सदस्य रहेका छन् ।