समाजवादी प्रेस संगठनको जिल्ला समिति गठन,अध्यक्षमा तिमिल्सिना चयन

352

चितवन । नेकपा (एकीकृत समाजवादी) निकटको पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन चितवनको आज जिल्ला कार्यसमिति गठन गरिएको छ । पत्रकार टीकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । सदस्यहरुमा शिवजी गायक, कविता गायक, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ र डिलकुमारी नेपाल रहेका छन् ।

त्यस्तै प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी चयन भएका छन् । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा कृष्ण पन्तलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् ।