नेकपा माले रत्ननगर नगर कमिटी पुर्नगठन

293

रत्ननगर । नेकपा माले रत्ननगर नगर कमिटी शनिवार पुर्नगठन गरिएको छ । शनिवार रत्ननगरमा भएको कार्यकर्ता भेलाबाट रामहरि लम्साल सचिव रहेको नगर कमिटी पुर्नगठन गरिएको हो ।

कमिटीको सहसचिव सहित १९ सदस्यीय नगर कमिटी गठन गरिएको छ पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख दिनानाथ घिमिरे प्रमुख अतिथि रहेको सो कार्यक्रममा पोलिटव्यूरो सदस्य भगवती घिमिरे,केन्द्रीय सदस्यहरु परशुराम लामिछाने,तबहादुर विक लगायतले मन्तव्य राखेका थिए ।