चितवनको रत्ननगरमा प्रविधि मार्फत किसानलाई सुचना

72

रत्ननगर । चितवनको रत्ननगरका कृषि र पशुपालक किसानलाई व्यवसायिक बनाउन सुचना प्रविधिको प्रयोग सुरु गरिएको छ । किसानहरुलाई पर्ने समस्या सामधानका लागि डिजिटल कृषि परामर्श सेवा सुरु गरिएको हो ।

नगरपालिकाको सहकार्यमा हेफर इन्टरनेशनल नेपाल,महिला समन्वय समिति चितवन र जियो कृषि नामक संस्थाले रत्ननगरका किसानहरुलाई व्यवसायिक बनाउन सुचना प्रविधिको प्रयोग सुरु गरेका हुन । डिजिटल कृषि परामर्श सेवा अन्तर्गत मोवाइल एप्स मार्फत किसानलाई समयमै सुचना प्रदान गरिने छ । त्यसका लागि किसानलाई उपलब्ध गराइएको डिजिटल फारम भर्न पर्ने छ ।

किसानहरुले खेतमा लगाएको भन्न बाली र गोठमा पालेका पशुहरुको वारेमा फारम मार्फत दर्ता गरेपछि किसानहरुलाई आइपर्ने समस्या मोवाइल एप्स बाटै सामधान गर्न सकिने हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक कृष्ण कट्टेलले जानकारी दिए । कृषि र पशुपालनका सुचनाहरु समयमै किसानमा पु¥याएर क्षति हुन नदिने उद्देश्यले डिजिटल कृषि परामर्श सेवा सुरु गरिएको उनले बताए ।

सो सेवा सञ्चालनको लागि मोवाइल एप्समा चार वटा एप्लिकेशन राखिएको र सुचना प्रविधिको प्रयोगको पहुँचमा नरहेका किसानहरुलाई इचौतारी मार्फत सुचना प्रविधिसंग जोडिने जियो कृषि परियोजना प्रमुख प्रकाश सेजवालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि मेयर नारायण वनले किसानलाई व्यवसायिक बनाउने गरी डिजिटल परामर्श सेवा सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रम सुरु भएपछि त्यसको प्रभावकारिताको वारेमा ध्यान दिन आवश्यक रहेको भन्दै उनले सुचना प्रविधिले मनोरञ्जन संगै आवश्यक ज्ञान दिनुपर्ने बताए । महिला समन्वय समिति चितवनकी अध्यक्ष इन्द्र आचार्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,पशु शाखा प्रमुख शालिकराम पौडेल,शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष पार्वती न्यौपाने लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्ष,कार्यपालिका सदस्य,नगरवालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।