सामाजिक सुरक्षा भत्ता वितरणबारे बैंकहरुसंग अन्तरक्रिया

178

रत्ननगर । रत्ननगर नगरपालिकाले सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताका विषयमा बैंकहरुसंग शुक्रवार सामाजिक सुरक्षा भत्ता वितरणबारे बैंकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण र दसैंको समयमा गरिने पैसा वितरणलाई व्यवस्थित बनाउने विषयमा छलफल गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख रामप्रसाद बस्ताकोटीले जानकारी दिए । सो नगरपालिकाले नेपाल बैंक,कुमारी बैंक,गरिमा विकास बैंक,प्रभू बैंक,एनसीसी बैंक,सिद्धार्थ बैंक,महालक्ष्मी विकास बैंक र मेघा बैंकका शाखा प्रमुखहरुसंग सामाजिक सुरक्षा भत्ता वितरणबारे बैंकहरुसंग अन्तरक्रिया गरिएको हो ।

सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडाध्यक्षहरु लालबहादुर भट्ट,बलराम दाहाल,हुमनाथ लामिछाने,बीरबहादुर पाख्रिन,विनोद बस्नेत,शशीभक्त न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।