एमाले पार्टी होइन,ओली एण्ड कम्पनी हो : झाक्री

371

चितवन । नेकपा एकीकृत समाजबादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाक्रीले एमाले पार्टी नभइ ओली एण्ड कम्पनी भएको टिप्पणी गरेकी छन् ।
सो पार्टीको रत्ननगर नगर कमिटी घोषणा कार्यक्रममा एमाले खड्कप्रसाद ओलीको निजी कम्पनी मात्र भएको बताइन । उनले ओली प्रबृति विरुद्ध विद्रोह जारी राख्ने बताइन । आफुहरुले सुरु गरेको समाजबादी यात्रा निकै कठिन रहेको भन्दै उनले एमालेबाट विद्रोह गरेर काँडाघारीको डरलाग्लो यात्रा सुरु गरेको बताइन । हामीले सुरु गरेको समाजबादी यात्रा सजिलो छैन उनले भनिन् तर हामी संघर्ष र प्रयत्न गरेर सफल हुन्छौं ।
ओली पात्रलाई सत्ताबाट हटाउन सफल भएको भन्दै उनले प्रबृति अझै कामय रहेकाले विद्रोह अनिवार्य सर्त भएको बताइन । ओलीको दासत्व स्विकार्न नसकेर पार्टीबाट विद्रोह गरेको नयाँ पार्टी स्थापना गरेको उनको भनाई छ । उनले एमालेको विधान महाधिवेशनलाई ओली राजाबाट महाराजा हुने मेला मात्र भएको बताइन ।
उनले विधान महाधिवेशनमा पानीको बोत्तलमा फोटो सास्ने देखि महङ्गा महङ्गा पोस्टर,होडिङबोर्ड छाप्ने पैसाको श्रोत खुलाउनु पर्ने बताइन ।