चितवनको कुमरोजमा बाघको आक्रमणबाट एकको मृत्यु

65

चितवन । पूर्वी चितवनको कुमरोजमा बाघको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । खैरहनी नगरपालिका १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
मंगलबार स्थानीय कुमरोज सामुदायिक वनमा घास काट्न गएका उनलाई बाघले आक्रमण गरेको हो । उनलाई आज बिहान करिब ११ः४५ बजे आक्रमण गरेको हो । उनीसँगै अन्य ५–६ जना पनि घाँस काट्न गएका थिए । बोटेलाई आक्रमण गरेपछि उनीसँगै गएका साथीहरु भने भाग्न सफल भएका थिए ।