रत्ननगर मेलमिलाप केन्द्रको साधारण सभा,तीन जना सम्मानित

315

चितवन । रत्ननगर मेलमिलाप केन्द्रले नवौं बार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै मेयर नारायण वनले जटिल प्रकारका विवाद सामधानमा आफुुसंग सहकार्य गरिएको भन्दै असन्तुष्टी जनाएका छन् । सजिलो हुँदा वास्ता गरिदैन उनले भने जब विवाद छिप्पीदै जान्छ अनी मेयरको खोजि हुन्छ । उनले न्याय सम्पादनमा व्यक्ति हेर्ने प्रबृतिको अन्त्य हुनुपर्ने भन्दै उनले नागरिकलाई विश्वास हुने गरी विवाद सामधान गर्न सुझाब दिए ।

उपमेयर तथा न्यायिक समितिकी संयोजक विमला दुवाडीले दुबै पक्षलाई जीतको अनुभूति हुने गरी विवाद सामाधान गर्ने गरिएको बताइन । सो अबसरमा रत्ननगरका तीन जना ज्येष्ट मेलमिलापकर्तालाई सम्मान गरिएको छ । लामो समय देखि मेलमिलापको क्षेत्रमा काम गर्दै आएका नेमराज पौडेल,मोहन अधिकारी र नारायण प्यासीलाई सम्मान गरिएको हो । उनीहरुलाई मेयर वन,उपमेयर दुवाडीले दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा केन्द्रकी अध्यक्ष लक्ष्मी कुमारी चौधरीले भावि कार्ययोजना,सचिव रिता थापा चौधरीले बार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष रामचन्द्र दुवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा मेलमिलापकर्तालाई परिचय पत्र समेत वितरण गरिएको केन्द्रका सहसचिव विजय खनालले जानकारी दिए । कार्यक्रममा कानुनी सजहकर्ता प्रियङ्का थापा,मेलमिलाप विज्ञ कविता अधिकारी,जिल्ला मेलमिलाप समाजका सचिव यज्ञराज सुवेदी,केन्द्रकी निर्वतमान अध्यक्ष पार्वती न्यौपाने लगायतले मन्तव्य राखेका थिए । केन्द्रकी अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरिबहादुर खड्काले स्वागत मन्तव्य राखेका थिए ।