हरिहर मन्दिरमा निर्माणाधिन धर्मशालाको सार्वजनिक सुनुवाई

91

चितवन । पूर्वी चितवनको रत्ननगर १ निपनीमा रहेको गायत्री हरिहर मन्दिर परिसरमा निर्माणाधिन धर्मशालाको सोमवार सार्वजनिक सुनुवाई गरिएको छ ।

धर्मशालाको तेस्रो तल्ला निर्माणको सार्वजनिक सुनुवाई गरिएको हो । आर्थिक बर्ष २०७८÷०७९ को पर्यटन मन्त्रालयबाट विनियोजन ७ लाख रुपैया र सो रकमबाट निर्माणकार्यको सर्बजनिक सुनुवाई गरी आयव्याय सार्वजनिक गरिएको हो । धर्मशाला निर्माण समितिका संयोजक शंकर गिरीले आयव्याय सार्वजनिक गर्दै तेस्रो तलामा रेलिङ,झ्याल,ढोका र सिसा फिटिङ कार्यको लागि ७ लाख ९६ हजार रुपैया खर्च भएको जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेमराज पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा वडा सदस्यहरु बाबुराम गौतम,शालिग्राम पराजुली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन मन्दिर व्यवस्थापक समितिका सचिव सोमप्रसाद भट्टले सञ्चालन गरेका थिए ।