यमोसा  (पितृ औंसी) मा बिदाको माग : एक दशक बित्याे तर भएन पूरा 

47

चितवन । थारुहरुले यमोसा अर्थात् (पितृ औंसी) पर्वमा विदाको सवाल उठाएको एक दशक वितिसक्दा पनि नीजि विद्यालयहरुले सोही चाडपर्वमै दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्दैआईरहेका छन् । चाडपर्वमै परीक्षा राखिदा थारु बालबालिकाहरुको मौलिकहक हनन भएको छ । परीक्षाका दिन बालबालिकाहरुले प्रत्यक्षरुपमा आफ्ना सँस्कृतिबारे बुझ्न, सिक्न र अनुभव गर्न नपाएकैकारण थारु सँस्कृति विस्तारै लोपभई पहिचान नै नष्ट हुने खतरा बढेको छ । थारु विद्यार्थी समाज र थारु कल्याणकारिणी सभाले जिल्ला शिक्षा कार्यालयलाई ज्ञापनपत्र नदिएको होइन। जिशिकाले प्याब्सन, सोसेब्स लगायत सम्पूर्ण विद्यायालय र कलेजहरुलाई निर्देशन जारीगरी उक्त एकदिन स्थानीय विदाको लागि परिपत्र जारी गर्न सक्थ्यो । तर गरेन । ‘ज्ञापनपत्र शिक्षा मन्त्रालयमा गएर दिनू’ जस्ता गैरजिम्मेवारीपूर्ण जवाफ दिएर टार्ने कोशिश गरियो ।

यसरी पटक पटक चरणबद्ध रुपमा थारुहरुले यमोसा पर्वमा विदाको सवाल उठाएको एकदश बित्यो । तर अहिलेसम्म कुनै पक्षबाट सुनुवाई हुन सकेको छैन । यदि यही समाजको परिकल्पना गर्ने हो भने आदिवासी जनजाती थारुहरुको चाडपर्वमा सरकारी पक्षले बिदा नदिनुको कारण के हो ? आफ्ना अधिकार व्यावहारिकरूपमा स्थापित गर्नका लागि थारू समुदायले निरन्तर रूपमा सांस्कृतिक आन्दोलन नै गर्नुपर्ने देखिन्छ ।

यमोसा पर्व चितवन र नवलपुर क्षेत्रका थारूहरूले मात्र मनाउने चाडपर्व भएकाले राष्ट्रिय विदाको सवाल उठाएकै होइन । स्थानीय विदाको सवाल उठाएको हो ।