सौजन्य बचतको साधारण सभा,तीन महत्वूर्ण प्रतिवेदन पारित

208

चितवन । रत्ननगर १० मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा शनिवार गरिएको छ । रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा सचिव लीलानाथ अधिकारीले बार्षिक प्रतिवेशन,कोषाध्यक्ष अनिता अर्यालले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक बाबुराम गौतमले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उनीहरुले प्रस्तुत गरेको उक्त प्रतिवेदन साधारण सभाबाट पारित भएको छ । साधारण सभाको अबसरमा संस्थाको संस्थागत तथा आर्थिक उन्नतीको लागि भूमिका खेलेका अनु लामा दुवाडी,मैया बस्ताकोटी,लीला बहादुर लम्साल,मायाराम महतो,ढकनाथ ढकाल,हुमराज महतोलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । उनीहरुलाई उपमेयर दुवाडी र संस्थाका अध्यक्ष धर्मध्वज लम्सालले नगद सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । सो अबसरमा उपमेयर दुवाडीले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गरी शेयर सदस्यहरुको जीविकोपार्जनलाई सहज बनाउनु पर्ने बताइन ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा कालिका ६ का वडाध्यक्ष विनोद रेग्मी,रत्ननगर १० का वडाध्यक्ष केशव आचार्य,वडा सदस्य कमलबहादुर घिमिरे,शेयर सदस्य ज्ञानी रेग्मी लगायतले मन्तव्य राखेका थिए । सो सहकारीले आर्थिक बर्ष २०७७÷७८ मा ४ लाख ६३ हजार मुनाफा गर्न सफल भएको छ । सो आर्थिक बर्षमा ५७ लाख ३ हजार आम्दानी गरेको सो सहकारीले खर्च कटाएर ४ लाख ६३ हजार मुनाफा गर्न सफल भएको व्यवस्थापक श्यामन्तकमणि लामिछाने जानकारी दिए । संस्थाका अध्यक्ष लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महादेब प्रसाद हुमागाईले स्वागत मन्तव्य राखेका थिए ।