रत्ननगरमा मैत्रीपूर्ण फुटबल : कर्मचारीको जित

171

चितवन । रत्ननगर नगरपालिकाले शनिवार आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिमले जित हात पारेको छ । विजया दशमीको अबसर पारेर टिकौली चौरमा आयोजना गरिएको जनप्रतिनिधि र कर्मचारीहरु बीचको मैत्रीपूर्ण खेलमा २–७ गोल अन्तरले पछि पार्दै कर्मचारीले टिम विजयी भएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै मेयर नारायण वनले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध प्रगाढ बनाएर नगरको विकासमा एकीकृत हुने उद्देश्यका साथ मैत्रीपूर्ण फुटवल आयोजना गरिएको बताए । उपमेयर दुवाडीले कर्मचारीहरुको अभिभावक जनप्रतिनिधि रहेकाले कर्मचारीहरुको जितमा जनप्रतिनिधिहरु उत्साहित रहेको बताइन । जनप्रतिनिधिको टिमबाट मेयर वन र कर्मचारीहरुको टिमबाट प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नेतृत्व गरेका थिए ।

सोही अबसरमा कर्मचारी र जनप्रतिनिधिहरुको बीचमा म्युजिकल चियर र डोरी तान्ने प्रतियोगिता समेत गरिएको नगर खेलकुद विकास समितिका संयोजक केशब आचार्यले जानकारी दिए ।