कालिकामा काँग्रेस र माओवादी केन्द्र त्यागेर ७५ जना युवा एमालेमा प्रवेश

309

चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा (बादलले ) आगामी निर्वाचनपछि नेकपा एमालेले देशको पुर्न नेतृत्वगर्ने दावी गर्नुभएको छ । नेकपा एमाले कालिका नगरकमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बादलले सत्तावाट विशेष कारणले प्रतिपक्षमा पुगेको नेकपा एमाले पार्टीलाई अबको निर्वाचनपछि फेरि देशको नेतृत्वगर्ने जिम्मवारी हुने दावी गर्नुभयो ।

कम्युनिष्टपार्टीहरु फुट्नुको कारणबारे समिक्षागर्दै सम्पन्न विद्यान महाधिवेशनवाट नेता कार्यकर्तादेखि आम मतदाताहरु समेत उत्साहित देखिएको बताउनुभयो । विद्यान महाधिवेशले संगठनात्मक सिद्धान्तसँगै नेतृत्व निर्माणको सिद्धान्तमा देखिएको त्रुटिलाई सच्चाएर गुटबन्दीगर्ने परिपार्टीको अन्त्य गरिएको जानकारी दिनुभयो । पूर्व गृहमन्त्री समेत रहनुभएका नेता बादलले महाधिवेशनवाट कार्यकारी पदहरुमा, पदाधिकारीहरुमा, मुख्य नेतृत्वमा २ कार्यकाल भन्दाबढी रहन नपाउने सिद्धान्त प्रतिपादन गरिएको बताउनुभयो । एउटै पदमा वषौं सम्म ररिहरहने परिपार्टी सकिएसँगै नयाँ अनुहारहरुले अवसर पाउँदै गएपछि पार्टीभित्र गुटबन्दी सधैका लागि समाप्त हुने उहाँको विश्वास छ ।

नेता बादलले पार्टीलाई पुर्न निमार्णमा जोड दिनुभएको छ। विधान महाधिवेशनमा भएको छलफल अनुसारनै कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकृतगरी पार्टीलाई पुर्न निर्माणगर्ने पार्टीको नीति रहेको प्रष्टपार्नुभयो । नेता बादलले स्थानीय तहका नेता कार्यर्तालाई निर्वाचनको तयारीमा लाग्न समेत निर्देशन दिनुभयो । अब आउने चुनावमा सबैठाउँमा एमालले पार्टीले बहुमत ल्याउनुपर्नेगरी चुनावको तयारी लाग्न निर्देशन गर्नुभएको हो ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारीले अदालतको सेटिङवाट बनेको कम्र्फटेवल सरकारले जनताको मन जित्न नसक्ने जिकिर गर्नुभयो । नेता अधिकारीले देश बनाउने भिजन एमाले पार्टीसँगमात्रै भएको दावी गर्नुभयो । सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई अबको निर्वाचन पछि नेकपा एमाललेको नृत्वमा बन्ने सरकारले पुरागर्ने बताउनभुयो । नगर कमिटी अध्यक्ष केशव लामाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा काँग्रेस र माओवादी केन्द्रपार्टी परित्याग गरेका ७५ जना युवाहरु एमाले पार्टी प्रवेश गरेका छन् ।