ग्रीन सिटि निर्माण कार्यक्रम अन्तर्गत बिरुवा रोप्ने कार्यक्रम सुरु

68

खैरहनी, असोज २४ । उद्योग वाणिज्य संघ खैरहनीले आइतबारदेखि नगरभित्र बिरुवा रोप्ने कार्यक्रम सुरु गरेको छ । संघले ग्रीन सिटि निर्माण अवधारणा अन्तर्गत नगरपालिसँग सहकार्य गर्दै सो कार्यक्रम गरेको हो । संघले कार्यक्रमको पहिलो दिन आज पर्सा चौबिसकोठीमा विभिन्न जातका विरुवा रोप्दै सो कार्यक्रम सुरुवात गरेको उद्योग वाणिज्य संघ खैरहनीका कार्यसमिति सदस्य तथा कार्यक्रम संयोजक अजुन लम्सालले जानकारी दिनुभयो ।  नगरपालिकालाई ग्रीन सिटिको रुपमा विकास गर्दा सुन्दर र हरीयाली हुने भएकोले बिरुवाहरु रोप्दा आम मानिसकाो स्वास्थ्यमा समेत बजारमा हुने प्रदूषणको प्रभाव कम पर्ने लम्सालले बताउनुभयो ।

यसैबीच संघले बढ्दो सवारी दुर्घटना न्यूनीकरणकालागि ट्राफिक व्यस्थापन केन्द्र र इलाका प्रहरी कार्यालय खैरहनीको सहकार्यमा ५० वटा पार्किङ बोर्ड बनाएको छ । खैरहनी नगरपालिका भित्र भएको अव्यवस्थित पार्किङले दैनिक हिडडुलमा पारेको प्रभावलाई मध्येनजर गर्दै पार्किङ बोर्ड निर्माण गरेको संयोजक लम्सालले जानकारी दिनुभयो । बिरुवा रोपण कार्यक्रमको पहिलो दिन आज खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी, उपमेयर सुनिता थपलिया , खैरहनी ८ का वडाअध्यक्ष टेक बहादुर थापा क्षेत्री, ईलाका प्रहरी कार्यालय खैरहनीका पदाधिकारी, उद्योग वाणिज्य संघ खैरहनीका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद सापकोटा ,उद्योग वाणिज्य संघ खैरहनी कार्यसमितिमा आबद्ध कार्यसमिति सदस्यहरु रोटरी क्लब अफ पुर्बी चितवन , रोट्रायक्ट क्लब अफ पुर्बी चितवनका सदस्य लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो । यस्तै ग्रीन सिटि निर्माण कार्यक्रम अन्तर्गत आज ५५० वटा बिरुवा रोपिएको छ ।