मोटरसाइकल दुर्घटनामा दुवै चालकको मृत्यु

111

खैरहनी । पूर्वी चितवनको खैरहनीमा आज बिहान दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा बजारमा प्र ३–०३–००१ प ८४८० नम्बरको मोटरसाइकल र प्र ३ –०३–००२ प ४८५ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो ।

दुर्घटनामा परि गम्भिर घाइते भएका मोटरसाईकल चालक खैरहनी ८ निवासी बर्ष ४५ का चन्द्र बहादुर तिमिल्सीनालाई उपचारको लागि भरतपुर स्थित पुरानो मेडिकल कलेज लैजादा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै दुर्घटनामा परि गम्भिर घाइते भएका अर्का मोटरसाईकल चालक एक युवकको समेत मृत्यु भएको छ । गम्भिर घाइते भएका खैरहनी नगरपालिका वडा नम्बर ९ निवासी २१ वर्षिय सुशान्त भण्डारीको उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख सुवास भट्टले जानकारी दिनुभयो ।

दुवै मोटरसाईकलहरु अहिले ईलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ । सो मोटरसाईकल दुर्घटना आज बिहान ९ः ४५ बजे भएको हो ।