चितवनमा महिलाको हत्या,प्रहरी द्धारा अनुसन्धन सुरु

1110

चितवन १५ माघ । चितवनमा एक महिलाको गयराती हत्या भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारकी ५२ वर्षीया रुपा थापाको धारीलो हतियार प्रयोग गरी हत्या भएको हो । घटना भएको जनाकारी पाउदा साथ प्रहरी नायव उपरीक्षक नेतृत्वको टोली अनुसान्धनको लागि घटना स्थलमा पुगेको छ ।
प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताए । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको प्रहरीले जनाएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् ।