राप्तीको चेपाङ मार्गमा अटो दुर्घटना हुँदा ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

29

राप्ति । चितवनको राप्ती नगरपालिकाको भण्डारा–थाकलटार चेपाङ मार्गमा हिनो साझ अटो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । डुम्रेखाडी तर्फबाट भण्डारा आउँदै गरेको ना १ ह ९६७३ नम्बरको अटो पल्टिँदा सो दुर्घटना भएको हो ।

दुर्घटना साँझ ५ः३० तिर भएको स्थानियहरुले बताएका छन् । घाइतेहरुलाई टाउको, खुट्टा र ढाडमा बढी चोट लागेको छ । ३ जनाको अवस्था गम्भीर भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । घाइतेहरुको भरतपुरमा उपचार भईरहेको छ ।